Kathmandu Press

मृत अवस्थामा तीनजना फेला  

काठमाडौं, साउन २० : दार्चुला, सप्तरी र रोल्पामा एकएकजना मृत अवस्थामा भेटिएका छन्। दार्चुलाको महाकाली नगरपालिका-४ बाङाबगर सिडी डेरा गरी बस्ने डिलासैनी गाउँपालिका-३ बगडी...
मृत अवस्थामा तीनजना फेला  

काठमाडौं, साउन २० : दार्चुला, सप्तरी र रोल्पामा एकएकजना मृत अवस्थामा भेटिएका छन्। 

दार्चुलाको महाकाली नगरपालिका-४ बाङाबगर सिडी डेरा गरी बस्ने डिलासैनी गाउँपालिका-३ बगडी घर भएकी ३६ वर्षीया विमला आउजी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

Hardik ivf

त्यस्तै सप्तरीको खडक नगरपालिका-३ गरुराहा बस्ने ३० वर्षीय श्याम सुन्दर राम सोही ठाउँस्थित कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन्। 

रोल्पाको रुन्टीगढी गाउँपालिका-९ रानीपाल सामयुदायिक वनमा त्रिवेणी गाउँपालिका-२ रामपुर बस्ने २५ वर्षीय रमेश रोका बुधबार मृत अवस्थामा फेला परेका छन्।

साउन १६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ।


 

प्रकाशित मिति: १७:५२ बजे, बुधबार, साउन २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्