Kathmandu Press

सिन्धुलीगढीमा प्रहरी युनिटको व्यवस्था गर्छु : मुख्यमन्त्री पौडेल

सिन्धुली, साउन २० : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीको अवलोकन गरेका छन्। बुधबार सिन्धुलीगढी पुगेका पौडेलले युद्ध सङ्ग्राहलय र निर्माणाधीन...
सिन्धुलीगढीमा प्रहरी युनिटको व्यवस्था गर्छु : मुख्यमन्त्री पौडेल

सिन्धुली, साउन २० : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीको अवलोकन गरेका छन्। बुधबार सिन्धुलीगढी पुगेका पौडेलले युद्ध सङ्ग्राहलय र निर्माणाधीन रानी दरबारको अवलोकन गरेका हुन्।

सरकारले इतिहासलाई जिउँदो राख्न लगानी गरेको जनाउँदै उनले युद्ध सङ्ग्राहलयको निर्माणले जिल्लाको विकासमा टेवा पुर्‍याउने बताए। ऐतिहासिक महत्व बोकेका स्थलको संरक्षण र प्रचारप्रसार गर्न सके यस्ता स्थलमा पर्यटनको माध्यमबाट जिल्लाको आयस्तर वृद्धि हुने उनको भनाइ थियो।

Hardik ivf

राज्यले विगतको इतिहासलाई जीवन्त दिन लगानी गरेर बनाएको युद्ध सङ्ग्राहलयको सुरक्षाका दृष्टिले सिन्धुलीगढीको सुरक्षाका लागि प्रहरीको युनिट आवश्यकता रहेको जनाउँदै मुख्यमन्त्री पौडेलले आफू हेटाैडा गएलगत्तै प्रहरी युनिटको व्यवस्थापन सवालमा काम गर्ने बताए।

युद्ध सङ्ग्राहलय र रानी दरबारको निर्माणले सिन्धुली पर्यटनका लागि गन्तव्यका रूपमा विकास भएको उल्लेख गर्दै उनले यस्तो इतिहासलाई प्रचारप्रसार गर्नसमेत निर्देशन दिए। सिन्धुलीगढी परिसरमा पुनःनिर्माण भइरहेको रानी दरबारको निरीक्षण गर्दै मुख्यमन्त्री पौडेलले प्राप्त बजेटको अधिकतम प्रयोग गरी गुणस्तरीय संरचना निर्माण गर्न आग्रह गरे।

सिन्धुलीगढीमा युद्ध सङ्ग्राहलय निर्माण र रानी दरबारको निर्माणपछि जिल्लाको ठूलो आम्दानीको स्रोत बन्ने जनाउँदै उनले प्रचारप्रसारमा जोड दिन आग्रह गरे। मुख्यमन्त्री पौडेललाई कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले युद्ध सङ्ग्राहलय, रानी दरबार र सिन्धुलीगढीको विकासमा नगरको आगामी योजनाका बारेमा जानकारी गराएकी थिइन्।

सिन्धुलीगढीको संरक्षण र प्रचारप्रसारमा नगरपालिका लागिरहेको जनाउँदै उनले व्यवस्थापकीय काम नगरले गर्ने बताए।

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, साउन २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्