कोभिडविरुद्ध चीनमा एक अर्ब ७० करोड डोज खोप वितरण
चीनमा कोभिड-१९ विरुद्ध हालसम्म एक अर्ब ७० करोड डोज खोप वितरण भएको छ।
बेइजिङ, साउन २० : चीनमा कोभिड-१९ विरुद्ध हालसम्म एक अर्ब ७० करोड डोज खोप वितरण भएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार मंगलबारसम्ममा त्यति परिमाणमा चिनियाँ नागरिकलाई खोप दिइएको हो ।
सन् २०१९ को अन्त्यमा चीनको वुहानबाट कोरोना भाइरसको प्रसार सुरु भएको थियो । चीन नै उक्त भाइरसविरुद्ध खोप वितरण गर्ने मुलुकहरूमध्ये अग्रपंक्तिमा छ ।
प्रकाशित मिति: १४:३० बजे, बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार