प्रधानमन्त्रीको निर्देशन- विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा कुलमान घिसिङ
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।
काठमाडौं, साउन १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीको सरकारको पालामा उनी प्राधिकरण प्रमुखबाट बिदा भएका थिए । ‘उज्यालो अभियान’का प्रणेता घिसिङको नियुक्तिबाट प्राधिकरणले थप फड्को मार्ने माग केही दिनयता सामाजिक सञ्जालमा गरिँदै आएको थियो ।
प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
