Kathmandu Press

स्रोत नखुलेको रकमसहित दुई भारतीय पक्राउ

नवलपरासी(पश्चिम), साउन १९ : नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नौ लाख भारतीय...
स्रोत नखुलेको रकमसहित दुई भारतीय पक्राउ

नवलपरासी(पश्चिम), साउन १९ : नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

नौ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका २ का ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारीका २७ वर्षीय समिर खान रहेका छन्। लु.१६ प ३७२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइने जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम)ले जनाएको छ। 

प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्