Kathmandu Press

अफगानिस्तानको लस्कर गाह सहरमाथि तालिबानको कब्जा

तालिबान लडाकु समूहले अफगानिस्तानको लस्कर गाह सहरमाथि नियन्त्रण जमाएको छ।
अफगानिस्तानको लस्कर गाह सहरमाथि तालिबानको कब्जा
Hardik ivfHardik ivf

काबुल, साउन १९ : तालिबान लडाकु समूहले अफगानिस्तानको लस्कर गाह सहरमाथि नियन्त्रण जमाएको छ ।

सडकमा सेना र तालिबान लडाकुहरूबीच भएको लडाईंपछि विद्रोहीले कब्जा जमाएको स्थानीय अधिकारीहरूले बीबीसीलाई बताए ।

लस्कर गाह अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मन्डको प्रादेशिक राजधानी हो । तालिबानले स्थानीय टेलिभिजन स्टेसन कब्जामा लिएको छ । भिषण गोली हानाहानबीच हजारौँ स्थानीय बासिन्दाले सहर छाडेका छन् । र, ग्रामीण इलाकामा पुगेर शरण लिएका छन् ।

२० वर्षदेखि अफगानिस्तानमा बसिरहेको अमेरिकी सेना फिर्ता हुने क्रमसँगै तालिबानको प्रभाव बढ्दो छ । लस्कर गाह सहर तालिबानको पकडमा पुग्नु आतंकवादको विश्वव्यापी खतराका रूपमा अफगानी सैन्य अधिकारीहरूले अथ्र्याएका छन् ।

सोमबार मात्र हेल्मन्डका ११ वटा रेडियो र चारवटा टेलिभिजन स्टेसनहरू तालिबानको खतराका कारण बन्द भएका छन् ।

यस्तै, अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहारमाथि कब्जा जमाउने प्रयासस्वरूप तालिबानले निरन्तर रकेट आक्रमण गरिरहेको छ । कान्दहारमाथि कब्जा जमाउन सफल भयो भने अफगानिस्तानमा तालिबानको विजयको संकेत हुने सरकारी अधिकारीहरूको भनाइ छ । तेस्रो ठूलो सहर हेरातमाथि पनि कब्जा जमाउने तालिबानको प्रयास जारी छ ।

प्रकाशित मिति: १२:५१ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्