Kathmandu Press

जी-७ मुलुक सन् २०३० मा चरणबद्ध रूपमा काेइला समाप्त गर्न प्रतिबद्ध

हाल इटालेली सहर टुरिनमा दुई दिने बैठकका लागि भेला भएका जी–७ मन्त्रीहरूले जलवायु, ऊर्जा र वातावरणका विषयमा छलफल गरिरहेका छन्।
जी-७ मुलुक सन् २०३० मा चरणबद्ध रूपमा काेइला समाप्त गर्न प्रतिबद्ध

रोम, वैशाख १८ :  जी-७ का मुलुकहरू सन् २०३० को पहिलो छ महिनामा कोइलालाई चरणबद्ध रूपमा हटाउने प्रतिबद्धता व्यक्त गर्न तयार रहेको स्थानीय सञ्चारमाध्यमले सोमबार रिपोर्ट गरेका छन्। 

हाल इटालेली सहर टुरिनमा दुई दिने बैठकका लागि भेला भएका जी–७ मन्त्रीहरूले जलवायु, ऊर्जा र वातावरणका विषयमा छलफल गरिरहेका छन्।

सन् २०३० र सन् २०३५ को बीचमा ऊर्जाको स्रोतका रूपमा कोइला हटाउने मिति तय गर्नमा ध्यान केन्द्रित गर्दै उहाँहरूले मङ्गलबार आफ्नो प्रतिज्ञालाई अन्तिम रूप दिने अपेक्षा गरिएको इटालेली क्लास सिएनबिसीले रिपोर्ट गरेको छ।

Hardik ivf

बेलायतका ऊर्जामन्त्री एन्ड्र्यु बोवीले भने, 'हामीसँग सन् २०३० को पहिलो छ महिनामा कोइलालाई चरणबद्ध गर्ने सम्झौता भएको छ।' 

जि–७ मा क्यानाडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, संयुक्त अधिराज्य र जापान समावेश छन्। बैठकहरूमा सामान्यतया युरोपेली सङ्घ (इयु) का शीर्ष अधिकारीहरू उपस्थित हुन्छन्।

क्लाइमेट एनालिटिक्सको हालैको प्रतिवेदनले यीमध्ये कुनै पनि देशले सन् २०३० का लागि आफ्नो विद्यमान उत्सर्जन लक्ष्यहरू पूरा मार्गमा नभएको बताएको छ।

प्रकाशित मिति: १५:१९ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्