Kathmandu Press

दुुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै बैतडीका लेन्थवर्कर धनगढीमा

धनगढी, साउन १७ : बैतडीस्थित पाटन पञ्चेश्वर सडक योजनामा कार्यरत सडक सरसफाइ कर्मचारी (लेन्थवर्कर) पारिश्रमिक नपाएको भन्दै सडकमा उत्रिएका छन्।झन्डै दुुई वर्षयता पारिश्रमिकका...
दुुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै बैतडीका लेन्थवर्कर धनगढीमा

धनगढी, साउन १७ : बैतडीस्थित पाटन पञ्चेश्वर सडक योजनामा कार्यरत सडक सरसफाइ कर्मचारी (लेन्थवर्कर) पारिश्रमिक नपाएको भन्दै सडकमा उत्रिएका छन्।

झन्डै दुुई वर्षयता पारिश्रमिकका नाममा एक रुपैयाँ पनि नपाएको भन्दै १२ जना लेन्थवर्करले दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।

सडक सरसफाइ कर्मचारीकै रुपमा काम गरेर परिवारको गर्जो टार्दै आए पनि अहिले पारिश्रमिक नपाउँदा समस्या परेको ४२ वर्षीया लक्ष्मी पन्तले बताइन्।

Hardik ivf

उनी बिहान ९ देखि साँझ ५ बजेसम्म काम गरेबापतको पारिश्रमका लागि दबाब दिन धनगढीमा छिन्।

‘हामीलाई काम गर्ने बेलामा सडकका गहना भनिएको थियो तर अहिले पारिश्रमीक दिने बेला बेवास्ता गरिएको छ,’ उनले भनिन्।

सडक सरसफाइको काम गाह्रो हुने र घाम पानी नभनी मेहनत गरे पनि सम्बन्धित निकायले बेवास्ता गरेको उनको गुनासो छ।

नरेन्द्र जोशी पनि विगत लामो समयदेखि सडक सरसफाइमा कार्यरत छन्। करारमा काम गरेका १२ जना कर्मचारी, सडक पुर्वाधार कार्यालय बैतडीको मातहतमा आएपछि २०७६ साउनबाट तलब नपाएको उनीहरू बताउँछन्।

‘हामीसँगै नियुक्त भएका सुपरभाइजरको करार नियुक्तिको म्याद थप गरी पारिश्रमिक नियमित छ तर हामी लेन्थवर्करको भने काम गरेको पारिश्रमिक पनि दिइएको छैन,’ जोशीले भने।

आफूूले श्रम गरेको पारिश्रमिकका लागि सडकमै आउनुपर्ने अवस्थाले काम गरी खाने वातावरण नभएको उनी बताउँछन्। 

३८ वर्षीया डम्बरी भण्डारी २१ महिनासम्म काम गर्दा पनि पारिश्रमिकका लागि घर छाडेर बजार आउनुपरेको गुनासो गरिन्।

पति बितेपछि घरको जिम्मेवारी आफैंले हेर्नुपरेको बताउँदै उनले उनले दुुई वर्षभन्दा बढी समय तलब नआउँदा दैनिकी चलाउन समस्या आएको जनाइन्।

‘आफूले काम गरेको श्रम गरेको पैसा लिन पनि यसरी सडकमा धाउनुपर्ने कस्तो विडम्बना ?’ उनले भनिन्। 

लामो समयदेखि पारिश्रमिक नपाउदा दैनिक जीवन निर्वाहा गर्न समस्या आएपछि बैतडीस्थित पाटनमा २२ दिनसम्म रिले अनसन बस्नुपरेको नरेन्द्र जोशी बताउँछन्।

सडक विभाग र प्रदेश सरकार कसैले पनि सुनुवाइ नगरे पछि वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका सुदूरपश्चिमको सम्पर्कमा आई सम्बन्धित निकायसँग वार्ता गर्न उनीहरू गर्न धनगढी आएका हुन्। 

आज (आइतबार) सुदूरपश्चिम प्रदेशका भौतिक विकासमन्त्री दिर्घ सोडारीबीच वार्ता हुने बताइएको छ।
 

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, साउन १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्