Kathmandu Press

ओलम्पिक पुरुष फुटबलः ब्राजिल, स्पेन र जापन सेमिफाइनलमा

काठमाडाैं, साउन १६ः ब्राजिल, स्पेन र आयोजक जापान जापानको टोक्योमा जारी ओलम्पिकको पुरुष फुटबलको सेमिफाइनलमा पुगेका छन्। शनिबार साँझ भएको क्वार्टरफाइनलमा ब्राजिलले इजिप्टलाई...
ओलम्पिक पुरुष फुटबलः ब्राजिल, स्पेन र जापन सेमिफाइनलमा
Hardik ivfHardik ivf

काठमाडाैं, साउन १६ः ब्राजिल, स्पेन र आयोजक जापान जापानको टोक्योमा जारी ओलम्पिकको पुरुष फुटबलको सेमिफाइनलमा पुगेका छन्। शनिबार साँझ भएको क्वार्टरफाइनलमा ब्राजिलले इजिप्टलाई १–०ले, स्पेनले आइभोरी कोस्टलाई ५–२ले र जापानले न्युजिल्यान्डलाई पेनाल्टी सुटआउटमा ४–२ले हरायो।

इजिप्टविरुद्ध ब्राजिललाई जित दिलाउन म्याथुस चुन्हाले गोल गरे । उनले ३७औं मिनेटमा रिचार्लिसनको पासमा गोल गरेका थिए। त्यसपछि कुनै गोल नहुँदा ब्राजिल १–०ले विजयी भयो।

यसैगरी अर्को क्वार्टरफाइनलमा स्पेनले आइभोरी कोस्टमाथि ५–२को जित निकाल्यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेटमा थप ३ गोल गर्दै स्पेनले ५–२को जित निकाल्यो।

स्पनेका लागि राफा मिरले ह्याटिङक गरे। उनले ९०, ११६ र १२०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । यस्तै, ड्यानी ओल्मो १६औं, मिकेल ओयासाबेलले ९७औं मिनेटमा गोल गरेका थिए । आइभोरी कोस्टका इरिक बेलीले नवौं र ग्राडेल म्याक्सले ९०औं मिनेटमा गोल गरेका थिए।

यता, जापाल न्युजिल्यान्डलाई पेनाल्टी सुटाउटमा हराउँदै अन्तिम ४मा स्थान सुरक्षित गर्‍यो। निर्धारित समय र थप गरिएको ३० मिनेटको समय गोलरहित बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा गएको थियो। जसमा जापन ४–२ले विजयी भयाे।

ओलम्पिक पुरुष फुटबलको डिफेन्डिङ च्याम्पियन ब्राजिलले फाइनल प्रवेशका लागि दक्षिण कोरिया र मेक्सिकोबीचको विजेतासँग खेल्ने छ भने अर्को सेमिफाइनलमा स्पने र जापान भिड्ने छन्।

 

प्रकाशित मिति: १८:१० बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्