Kathmandu Press

नेपाल एले जित्यो आसामविरुद्धको टि–२० सिरिज, अन्तिम खेलमा ४४ रनको जित

सोमबार साँझ भएको ५ खेलको सिरिजको अन्तिम तथा निर्णायक खेलमा आसामलाई ४४ रनले पराजित गर्दै नेपालले एले सिरिज ३–२ले जितेको हो। 
नेपाल एले जित्यो आसामविरुद्धको टि–२० सिरिज, अन्तिम खेलमा ४४ रनको जित

काठमाडाैं, भदाै १६ : भारतको गुहवाटीमा भएको टि–२० सिरिज नेपाल ए टिमले जितेको छ। सोमबार साँझ भएको ५ खेलको सिरिजको अन्तिम तथा निर्णायक खेलमा आसामलाई ४४ रनले पराजित गर्दै नेपालले एले सिरिज ३–२ले जितेको हो। 

सिरिजका पहिलो खेल आसामले डिएलएस मेथर्डमा १५ रनले जितेको थियो भने दोस्रो र तेस्रो खेलमा नेपाल ए विजयी भएको थियो। जसमा नेपाल एले ९६ र ९ रनको जित निकालेको थियो। चौथो खेलमा भने आसाम १८ रनले विजयी भएको थियो।

सोमबार नेपाल एले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याएको आसामले ९ विकेटको क्षतिमा १६४ रन मात्र बनाउन सक्यो। 

आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ तथा साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५ रन बनाए। सौरभ दिहिगाले १७ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्। 

बलिङमा नेपालका लागि शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान २ विवेट लिए। 

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २०८ रनको विशाल योगफल बनाएको थियो। नेपालका लागि इनफर्म ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय योगदान दिए। उनले ३९ बलमा ३ चौका र ५ छक्क प्रहार गर्दै ६४ रन बनाए। यो उनको सिरिजमा दोस्रो अर्धशतक हो।

यस्तै, शुभले २६ बलमा १ चौका र ४ छक्का मद्दतमा ४१ रन बनाउँदा ओपनर इशान पाण्डेले २० बलमा ४ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए। यस्तै, आदिलले ११ बलमा तीन छक्का मद्दतमा २५ रन बनाए।

बलिङमा आसामका आयुश्मन मलाकार र अविनभ चौधरीले समान २ विवकेट लिए।

प्रकाशित मिति: २०:३६ बजे, सोमबार, भदौ १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्