Kathmandu Press

अफगानिस्तानस्थित राष्ट्रसंघ कार्यालय परिसरमा हमला, एक प्रहरीको मृत्यु

काबुल, साउन १६ : अफगानिस्तानको हेरात प्रान्तस्थित संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा भएको हमलामा एक प्रहरीको मृत्यु भएको छ।हमलामा परी केही अधिकारी घाइते भएको...
अफगानिस्तानस्थित राष्ट्रसंघ कार्यालय परिसरमा हमला, एक प्रहरीको मृत्यु
Hardik ivfHardik ivf

काबुल, साउन १६ : अफगानिस्तानको हेरात प्रान्तस्थित संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा भएको हमलामा एक प्रहरीको मृत्यु भएको छ।

हमलामा परी केही अधिकारी घाइते भएको अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघ सहायता मिसनले जनाएको छ। सरकारविरोधी तत्वले हमला गरेको बताइए पनि कसको संलग्न भन्नेबारे भने केही खुलाइएको छैन। 

तालिवानले अफगानिस्तानका २० वटा प्रान्तमा मोर्चा सञ्चालन गर्नुका साथै अन्य अतिवादी संगठनहरुले समेत हिंसा मच्चाउँदै आएका छन्। 

त्यहाँका धेरै गाउँउनीहरुको कब्जामा रहेको जनाइएको छ। काबुलपछिको दोस्रो ठूलो सहर कन्दहरमा तालिवानीहरुले प्रवेश गर्ने धेरै प्रयास गरिरहे पनि सफल हुन नसकेको जनाइएको छ। 

अफगान सेनाले लगातार तालिवानविरुद्ध हमला गरिरहेको छ। हेरात प्रान्तको परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु लगाइएको छ। 

प्रकाशित मिति: १४:३६ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्