Kathmandu Press

नेपाल-भारत पेट्रोलियम पाइपलाइनकाे मर्मत थालियाे

काठमाडौं, साउन १५ : नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन मर्मत भइरहेको छ। पाइपलाइन मर्मतका लागि तीन हप्ता लाग्ने बताइएको छ।अमलेखगञ्ज डिपोबाट पर्साको परवानीपुरसम्म करिब...
नेपाल-भारत पेट्रोलियम पाइपलाइनकाे मर्मत थालियाे

काठमाडौं, साउन १५ : नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन मर्मत भइरहेको छ। पाइपलाइन मर्मतका लागि तीन हप्ता लाग्ने बताइएको छ।

अमलेखगञ्ज डिपोबाट पर्साको परवानीपुरसम्म करिब २० किलोमिटरजति क्षेत्रको भल्बमा रबरका टुक्रा जमेको देखिएपछि मर्मत गर्नुपरेको नेपाल आयल निगमले जनाएको छ।

Hardik ivf

पेट्रोलियमको आपूर्तिको प्रवाह कम भएपछि एक्सरे गर्दा भल्बमा रबर जमेको देखिएको निगमले जनाएको छ। निगमका अनुसार फोहोर जमेको भल्बबाट ६ सय मिटर वर र परबाट अर्को पाइप जोडेर आपूर्तिलाई नियमित गर्दै मुख्य पाइपको मर्मत कार्य भइरहेको छ।

झन्डै दुई वर्ष २०७६ भदौ २४ देखि पाइपलाइन सञ्चालनमा आएको थियो।  त्यसमा पहिलोपटक समस्या नदेखिएको निगमको भनाइ छ।

प्रकाशित मिति: १४:३४ बजे, शुक्रबार, साउन १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्