Kathmandu Press

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

जेनेभा, साउन १४ : विश्वभरी कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ।यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा...
विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ
Hardik ivfHardik ivf

जेनेभा, साउन १४ : विश्वभरी कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ।

यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्। त्यस हप्ता ३८ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।   

संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी निकायका रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाएको छ।

पछिल्लो सात दैनिक विश्वभरी ५ लाख ४० हजार सङ्क्रमित भएका छन्। त्यसअघि ४ लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लुएचओको भनाइ छ ।  

त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको सङ्ख्यामा पनि थोरै वृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएका छन् । 

डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ। त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ।  

सङ्क्रमितहरुको कुल सङ्ख्याका आधारमा अमेरिका सवैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन्।

कतिपय देशहरुमा कोरोनाभाइरसको चौथो चरणको महामारीसमेत सुरु भएको छ ।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्