Kathmandu Press

चलचित्र क्षेत्रकाे सहजीकरणका लागि सुलभ कर्जा माग

काठमाडौं, साउन १४ : नेपाली चलिचित्रसम्बद्ध केही संस्था र व्यक्तिले सरकारसँग चलचित्र क्षेत्रलाई सहजीकरण गर्न सुलभ कर्जाको व्यवस्था गर्न माग गरेका छन्।चलचित्र निर्माता...
चलचित्र क्षेत्रकाे सहजीकरणका लागि सुलभ कर्जा माग

काठमाडौं, साउन १४ : नेपाली चलिचित्रसम्बद्ध केही संस्था र व्यक्तिले सरकारसँग चलचित्र क्षेत्रलाई सहजीकरण गर्न सुलभ कर्जाको व्यवस्था गर्न माग गरेका छन्।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानसिहत नायक भुवन केसी, निर्देशक उदय सुब्बालगायतले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर त्यस्तो माग राखेका हुन्।

Hardik ivf

कोरोनाले लथालिंग बनाएको चलचित्र क्षेत्रलाई सहजीकरण गर्न मौद्रिक नीतिमा तीन वर्षपछिबाट साँवाब्याज बुझाउने गरी सात वर्षका लागि सुलभ कर्जा प्रवाह गर्न उनीहरुले आग्रह गरे।

उनीहरुले मन्त्री शर्मालाई ज्ञापनपत्र नै बुझाएर मौद्रिक नीति बनाउँदा चलचित्र उद्योगलाई अति प्रभावित क्षेत्रमा राख्न पनि उनीहरुले माग गरेका छन्। २०७७ को मौद्रिक नीतिमा चलचित्र उद्योगलाई अति प्रभावित क्षेत्रमा राखिएको थियो।

गत वर्ष वैशाखदेखि चलचित्र क्षेत्र नखुलुन्जेलका लागि ब्याज छुटको व्यवस्था गर्न, ५ सय डलरसम्मको डेबिड भिसा कार्डलाई २ हजार डलसम्म पुर्याउन पनि ज्ञापनपत्रमा आग्रह गरिएको छ।

त्यसैगरी तीन वर्ष सिनेमा हलको विद्युत महसुल डिमान्ड मिनाह, दुतावासमार्फत विदेशी भूमिमा चलचित्र महोत्सव आयोजना गर्न बजेट विनियोजन, सुविधा सम्पन्न आउटोडर सुटिङ स्टडियो निर्माणलाई कार्यान्वयनमा लान, चलचित्रकर्मीले प्राप्त गर्ने पारिश्रमिकमा काँटिँदै आएको कर आगामी दुुई वर्षका लागि छुट गर्न पनि उनीहरुले सरकारसँग आग्रह गरेका छन्।

कोरोना महामारीका कारण लामो समयदेखि नेपाली चलचित्र क्षेत्र प्रभावित बनेको छ। यो क्षेत्रसम्बद्ध हजारौं व्यक्ति अन्योलमा छन्। कोरोनाका कारण सबैभन्दा बढी प्रभावित चलचित्र क्षेत्रमा देखिएका समस्या हल गर्न सरकारले सहयोग गर्नुपर्ने धारणा यो क्षेत्रका अगुवाहरुले राख्दै आएका छन्।

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, साउन १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्