कसरी हुन्छ मान्छेको शव बेवारिसे ?

काठमाडौं, साउन १० : बेवारिसे शव व्यवस्थापनमा विश्वमै कहलिएकी सपना रोक्का मगरले दुुई साताअघि १४ वटा बेवारिसे शवलाई एकैपटक जलाइन् । जलाउनका लागि पशुपति आर्यघाटमा स्थान नपाएपछि वागमतीकै बगरमा लगी जलाएको सपना बताउँछिन् । उनका अनुसार, आर्यघाटमा वारिस (हकवाला भएको) शव हुँदाहुँदै बेवारिसे (पहिचान नखुलेको) शव जलाउने पालो पाइँदैन । त्यसमाथि आर्यघाटमा शव जलाउन पहिले दर्ता गर्नुुपर्छ, एक हजार ८ सय रुपैयाँ दस्तुर तिरेर । ‘दुुई वर्षमा करिब तीन सय बेवारिसे शव जलाएकी छुु,’ सपना भन्छिन्, ‘प्रहरी वृत्तबाट बेवारिसे शव व्यवस्थापन गर्ने पत्र आएपछि विभिन्न अस्पतालमा गएर शव ल्याई जलाउँछौँ ।’

सपनाले ‘हाम्रो टिम नेपाल’ संस्थाबाट शव व्यवस्थापनको काम गर्दैै आएकी छन् । बेवारिसे शव भेटिएर त्यसमाथि प्रक्रिया पुुगेपछि प्रहरीले त्यस्तो शव जलाउन विभिन्न संस्थालाई पत्राचार गर्छ । पछिल्लो समय उपत्यकासँगै बाहिरका जिल्लाबाट समेत बेवारिसे शव जलाउनका लागि पत्र आउन थालेको सपना बताउँछिन् । 

६ वर्षमा १४६० बेवारिसे शव

‘जिउँदाको जन्ती, मर्दाको मलामी’, ‘केही गर्न नसके पनि मलामी कमाउनूू’, ‘मर्दापर्दा आफन्त चाहिन्छ’– प्रचलित नेपाली उखान हुन् यी।

यी उखान वा भनाइले कोही पनि मृत्युपछि बेवारिसे हुन नपरोस्, अर्थात् कसैको मृत्युपछि उसका आफन्त वा मित्रहरु मलामी गएर आ–आफ्नो संस्कार अनुसार शवको व्यवस्थापन गरुन् भन्नेतर्फ संकेत गर्छ । तर, हामीकहाँ पछिल्लो ६ वर्ष (२०७२ देखि ०७८ सम्म)मा देशभर एक हजार चार सय ६० शव फेला परेका थिए । जसमा सबैभन्दा बढी पुुरुष थिए । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार, बेवारिसे शवमध्ये एक हजार एक सय ३९ पुरुष, दुुई सय ३८ महिला, २० बालक, २२ बालिका र महिला वा पुरुष भनी नखुट्टिएका ४१ शव थिए । 
 
टिचिङमा चार वारिस शव 

त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा पाँच वर्षदेखि चार वारिस शव रहेका छन् । यस्ता शव अदालतमा मुुद्दा परी टुंगो नलागेको वा अन्य कारणले राखिने टिचिङका फोरेन्सिक मेडिसिन विभाग प्रमुुख डा. तुलसी कँडेल बताउँछन् । पाँच वर्षदेखि टिचिङमा रहेको वारिस शवमध्ये एक हो, पाँचखाल नगरपालिका– ७ का १८ वर्षीय अजित ढकाल (मिजार)को शव । ०७३ असारमा अजित धादिङमा झुन्डिएको अवस्थामा भेटिएका थिए । अन्तर्जातीय प्रेम र विवाहका कारण हत्या भएको भनी आफन्तले गरेको उजुरी र मुद्दा प्रक्रियाका कारण अजितको शव अझै उठ्न सकेको छैन । 

न्याय नपाएसम्म वा मुुद्दाबारे फैसला नभएसम्म आफन्तले जलाउन नमान्ने कारण यी शव रहेको कँडेलको भनाइ छ । 

भूकम्प आएका बेला टिचिङमा एक सयभन्दा बढी बेवारिसे शव संकलित भएका थिए । प्रहरीले फोटो खिच्दै सामाजिक सञ्जालमा राखेपछि कतिपयको शव आफन्त आएर लगेको कँडेल बताउँछन् । 

‘भूकम्पपछि टिचिङमा मासिक रूपमा एक सयसम्म बेवारिसे शव आएका थिए । चार–पाँच महिनापछि पनि पोस्टमार्टम गरेर बेवारिसे शव पहिचान खुलाउन पहल गरिन्छ,’ डा. कँडेल भन्छन्, ‘बेवारिसे शव लामो समय राख्दा पत्ता लागेन भने पहिला अस्पतालले गाडिदिन्थ्यो, अहिले सामाजिक अभियन्ताले लगेर जलाउँछन् ।’ 

अस्पतालमा शव कसरी आइपुुग्छ ?

विभिन्न कारणले मृत्यु भएका बेवारिसे शव प्रहरीले नै पोस्टमार्टमका लागि अस्पतालमा ल्याएको हुन्छ । प्रहरीले नै परिचय खुलाउने तथा प्रत्येक प्रहरी वृत्तमा पहिचानका लागि खबर गर्ने गर्छन् । शवको पहिचान नखुलेपछि बेवारिसे घोषणा गरिने प्रमुख कँडेल बताउँछन् । ‘सम्बन्धित प्रहरीले आएर मासिक रूपमा १०–१५ वटा शव लैजान्छन्,’ उनले थपे, ‘बेवारिसे शव प्रहरीबाहेक अन्यले लगेर जलाउन नै चाहँदैनन् । बेवारिसे शव मानव अधिकार आयोग तथा अन्य संस्थाले शुल्क दिएर लैजान्छन्, कतिपय शव निःशुल्क पनि पठाउने गरिन्छ।’

उनका अनुसार, अस्पतालमा शव राख्दा प्रतिदिन एक हजार रुपैयाँ लिने गरिन्छ । अधिकांश वारिस शव ५–६ महिनासम्म अस्पतालमा रहन्छन् । तर एक–दुई वटा शव मात्र विविध कारण लामो समय रहन पुग्छन् । ‘०७२ पछि मात्रै शव लामो समय राख्ने गरिएको हो । ०७२ अघि वारिस भएकालाई अस्पतालबाट पठाइदिन्थौँ,’ कँडेलले भनेँ, ‘पहिले शव व्यवस्थापनको फोटो खिच्न पाउने भए पनि अहिले दुरुपयोग हुने डरले खिच्न दिइँदैन ।’ 

कहिले कति ?

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार, आर्थिक वर्ष ०७२/७३ मा देशभर एक सय ८६ बेवारिसे शव भेटिएका थिए । जसमा एक सय ४३ पुरुष, ३० महिला, ५ बालक, ६ बालिका र २ महिला वा पुरुष नखुलेका शव थिए । त्यस्तै, ०७३÷७४ मा एक सय ३७ बेवारिसे शव फेला परेका थिए । जसमा एक सय दुुई पुुरुष, ३३ महिला, एक बालक, एक बालिका थिए । 

०७४/७५ मा भेटिएका दुुई सय ५४ शवमध्ये दुुई सय पाँच पुुरुष, ३४ महिला, चार बालक, दुुई बालिका, नौ महिला वा पुरुषको पहिचान नखुलेका थिए । ०७५/७६ मा दुुई सय ५२ शव भेटिए । जसमा दुुई सय दुुई पुुरुष, ३६ महिला, दुुई बालक, पाँच बालिका, सात महिला वा पुरुषको पहिचान नखुुलेका थिए । त्यस्तै, ०७६/७७ मा दुुई सय ९९ बेवारिसे शव फेला परे । जसमा दुुई सय ३३ पुरुष, ५२ महिला, पाँच बालक, चार बालिका, पाँच महिला वा पुरुषको पहिचान नखुुलेका थिए । त्यस्तै, ०७७/७८ मा तीन सय ३२ बेवारिसे शव भेटिएका थिए। जसमा दुुई सय ५४ पुरुष, ५३ महिला, तीन बालक, चार बालिका, १८ महिला वा पुरुषको पहिचान नखुुलेका थिए । प्रवक्ता कुँवर भन्छन्, ‘पाँच–सात वर्षयता सबैभन्दा धेरै बेवारिसे शव ०७७र७८ मा भेटिए ।’

बेवारिसे शव जलाउन बजेट

प्रहरीले जंगल, सडकका पेटीबाट शव उठाउने गर्छ । ‘शव भेटिएपछि नगरप्रहरी वा प्रहरीले व्यक्तिको तस्बिर, शवमा भेटिएको सामानबाट पहिचान खुलाउने प्रयास गर्छ,’ प्रवक्ता कुुँवर भन्छन्, ‘यसरी भेटिएका शवको पहिचान खुुलेन वा दाबी गर्न कोही आएन भने प्रहरीमार्फत एक वा दुुई महिनामा बेवारिसे घोषणा गरिन्छ ।’ उनका अनुसार, बेवारिसे शवलाई सीमित समयसम्म राख्दा पनि पहिचान नखुलेपछि जलाइने तथा गाढ्ने गरिन्छ । 

कुँवरका अनुसार, पछिल्लो दुुई वर्षयता बेवारिसे र वारिस शव जलाउन सशक्त अनुदान आउने गरेको छ । 
 

 Published Date: Sunday, 25th July 2021 3:51:00 pm