Kathmandu Press

अविरल वर्षाले लघुजलविद्युतको भवन बगायो

अविरल वर्षाले लघुजलविद्युतको भवन बगायो

बझाङ, साउन ९ : मष्टा गाउँपालिका–५ द्वारीमा अविरल वर्षाका कारण आएको बाढीले लघुजलविद्युत्को भवन बगाएको छ। बाढीले द्वारीगाड लघुजलविद्युत् आयोजनाको भवन बगाएको हो । करीब रु एक करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको आयोजनाबाट द्वारीगाउँका करीब ५०० घरधुरीले विद्युत् बाल्ने गरेका थिए। 

लघुजलविद्युत्को भवन केही समय सञ्चालनमा आए पनि प्राविधिक समस्याका कारण बीचमा अवरुद्ध भएको र हाल निर्माण कार्य चलिरहेका बेला एकाएक परेको अविरल वर्षाले भवन नै आधा बगाएको स्थानीयवासी उब्जन बोहराले बताए। 

Hardik ivf

वर्षाले सोही दिन द्वारीगाडबाट द्वारीगाउँकै वारिपारि जोड्ने काठेपुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ। आवतजावतमा समस्या हुँदा शुक्रबार पुनः काठेपुल हाल्दा द्वारीगाडले बगाएर तीनजना घाइते भएका छन्। घाइते हुनेमा सोही गाउँका ४२ वर्षीय नरबहादुर बोहरा, ५५ वर्षीय वडाध्यक्ष कम्मान बोहरा र ६५ वर्षीय रिउल्या कठायत रहेका छन्। 

दुईजनाको अवस्था सामान्य भए पनि नरबहादुरको कम्मरमा गम्भीर चोट लागेकाले थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा सन्दीप ओखेडाले बताए। सोही दिन किनाडा गाउँका बासिन्दा गिरिस कठायतको खेत र घट्ट बगाएको छ। 
 

प्रकाशित मिति: १४:१८ बजे, शनिबार, साउन ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्