‘जसपामा एकताको सम्भावना शून्यबराबर’
औपचारिक, अनौपचारिक तरिकाले महन्थ ठाकुर र राजेन्द्र महतोले पठाउनुुभएको प्रस्ताव स्वीकार्न सक्ने अवस्था छैन। त्यसैले पार्टी एकताको सम्भावना शून्यबराबर मान्न सकिन्छ।संघीय संसदमा चौथो ठूलो दल जसपाका प्रचार विभाग प्रमुख हुन्, डम्बर खतिवडा। लामो समय वाम राजनीति गरेका खतिवडा बीचमा राजनीतिबाट टाढिए। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा आबद्ध भएर उनी पुनः राजनीतिमा जोडिए। नयाँ शक्ति पार्टी तत्कालीन मधेशी जनअधिकार फोरमसँग एकीकृत भएर संघीय समाजवादी पार्टी गठन भयो। उनी त्यसैमा आबद्ध भए। संघीय समाजवादी पार्टी र राजपा एकीकृत हुँदै जसपा गठन भएको हो। अहिले फुटको संघारमा रहेको जसपामा पुनः एकताको सम्भावना कति त? यही सन्दर्भमा केन्द्रित रहेर खतिवडासँग काठमाडौं प्रेसले गरेको संवादः
पुनः पार्टी एकताको सम्भावना कति छ?
अहिले जसपाको विवादलाई दुुईवटा समूहबीचको समस्याका रूपमा अथ्र्याइएको छ। हामीले त्यसरी यो विवादलाई लिएका छैनौँ। कतिपय सञ्चार माध्यममा पूर्वराजपा र पूर्वसंघीय समाजवादी पार्टी भनेको पनि पाइयो। तर, आन्तरिक रूपमा त्यस्तो परिस्थिति छैन। पूर्वराजपाका पनि धेरै संख्यामा साथीहरू अहिले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा हुनहुन्छ। उदाहरणका लागि महेन्द्र राय यादव, मृगेन्द्रसिंह यादवलगायत साथीहरू हुुुनुुहुुन्छ। त्यसैले अब उहाँहरू (महन्थ ठाकुर र राजेन्द्र महतो)सँग कत्रो समूह रहन्छ भन्ने ११ साउनमा निर्वाचन आयोगले गर्ने सनाखतपछि नै थाहा होला।
कार्यकारिणी समितिमा राम्रो बहुुमत हामीसँग रहन्छ भन्ने हाम्रो विश्वास हो। उहाँहरू कत्रो समूहमा रहनुुहुुन्छ, के गर्नुहुन्छ भन्ने अहिले हामीले भन्न सक्ने कुरा पनि भएन, जरुरी पनि भएन। तर, एकता भन्नाले राजेन्द्र महतो या महन्थ ठाकुरले भनेजस्तो जस्ताको त्यस्तै पार्टीको त्यही पदमा फर्किएर एकता हुने भन्ने सम्भावना पटक्कै छैन।
एकताको सम्भावना किन नभएको हो? के सैद्धान्तिक रूपमै धेरै टाढा पुगिसकेको अवस्था हो?
मुख्यतः हाम्रा दुुईवटा कुरा हुन्। एउटा त पार्टीको सिद्धान्त र विचारप्रति उहाँहरूलाई विश्वास पनि छैन। नयाँ समाजवादी धारको एउटा राष्ट्रिय चरित्रको पार्टी हामीले बनाउनुुपर्नेछ। त्यसमा मधेश, जनजाति, सीमान्तकृतको मुद्दा र एजेन्डा समेट्दै सबै प्रदेशमा फैलिने खालको पार्टी चाहिन्छ भन्ने हाम्रो मुख्य स्पिरिट हो। तर, उहाँहरूको बुुझाइमा प्रष्टता देखिएन, अलि क्षेत्रीय भावना देखियो।
दोस्रो- उहाँहरूमा कुनै वैचारिक प्रतिबद्धता देखिएन। जहाँ जोसँग जति बेलामा पनि मिले हुुन्छ भन्ने मनोदशामा देखिनु हुन्छ। जस्तो– अस्ति भर्खरै ओली सरकारमा जानुभयो, पछि फेरि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभयो। विश्वासको मत दिएर प्रधानमन्त्रीसँग मन्त्रीका लागि भित्रभित्रै बार्गेनिङ पनि गरिरहनुको भएको भन्ने आएको छ। त्यसो हुँदा कुनै राजनीतिक अडान नै उहाँहरूको देखिएन।
उहाँहरूले जति बेला जे पनि गरिदिनु सक्नुुहुुन्छ, त्यसको अपजसको भागिदार हामी हुन्छौँ भने त्यस्तो अपजसको भागिदार किन भइरहने सधैँ भन्ने हो। अर्को कुरा कि त उहाँहरूले अस्तिको घटनाक्रमलाई लिएर जनतासमक्ष माफी माग्नुप¥यो। त्यसो अहिलेसम्म गर्नुभएको छैन। यिनी घटनाका कारण अहिले एकता हुने सम्भावना छैन।
सैद्धान्तिक दरार कति फराकिलो छ?
सैद्धान्तिक हिसाबले पछि भिन्नता देखियो। मुख्यतः राष्ट्रिय कि क्षेत्रीय चरित्रको पार्टी बनाउने, भूराजनीतिलाई कसरी झेल्ने र दुुई छिमेकी मुलुकलाई कसरी बुुझ्ने भन्ने कुरामा फरक छ। तेस्रो- पार्टीको प्रत्यक्ष निर्वाचित कार्यकारी, समानुपातिक संसद, प्रदेशको सीमांकनको एजेन्डालाई कसरी बुुझ्ने भन्ने विषयमा पनि भिन्नता देखियो।
प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा उठाउनु हुँुदैन, संसदीय प्रणालीमै बस्नुपर्छ भन्नुहुन्छ, उहाँहरू। प्रदेशको सीमांकनको एजेन्डामा कुरा गर्दा पनि मधेशमा दुुईवटा प्रदेश हुनुप¥यो भन्ने कुरा आउँछ तर बाँकी सिंगो देशमा के हुन प¥यो भन्ने कुुरा आउँदैन। त्यसैगरी, समाजवादी विचारधारा भनेर हामी भन्छौँ। हामीले पुँजीवाद र साम्यवादभन्दा फरक समाजवादको नयाँ विचारधारा निर्माण गर्ने हो, जुन कम्युनिस्ट पनि हुँुदैन कांग्रेस पनि हुँदैन। त्यसमा पनि उहाँहरूको स्पष्टता छैन।
सबैभन्दा दुःखको कुरा राजनीतिक अडानमै उहाँहरू स्पष्ट हुनुहुन्न। के गर्न चाहनुुभएको हो, कहाँ पुुग्न चाहनुभएको हो? र, पार्टीको आन्तरिक प्रणाली पनि नबुुझेको देखिन्छ। पार्टीका आन्तरिक बैठक बस्नुुपर्छ, माइन्युट गर्नुपर्छ, बहुमत–अल्पमतबाट निर्णय लिनुपर्छ कतै सर्वसम्मत निर्णय पनि गर्नुपर्छ। कतिपय आफूलाई मन नपरेको कुरा पनि मान्नुपर्छ। मन लागेन भने नोट अफ डिसेन्ट लेख्नुपर्छ तर एउटा संस्थागत प्रक्रिया हुन्छ नि एउटा अब त्यो संस्थागत प्रक्रिया पनि बुुझ्नुहुुन्न कि मान्नुु हुन्न थाहा छैन। त्यसकारण पार्टी निर्माणको संस्थागत प्रक्रियाप्रति पनि प्रष्ट बुुझाइ र व्यवहार देखिएन। त्यही गाह्रो कुरा भयो।
एकताको लागि पहल गरिएको वा कार्यदल बनाएको के छ?
जस्ताको त्यस्तै फर्किऊँ भन्ने उहाँहरूको प्रस्ताव छ। निर्वाचन आयोगमा आधिकारिकताको लागि दिएको निवेदन फिर्ता गरौँ भन्ने छ। महन्थजी फेरि पार्टीको अध्यक्ष, राजेन्द्र महतो फेरि पनि पार्टीको वरिष्ठ नेता नै स्वीकार्नुपर्ने प्रस्ताव छ। हाम्रो विवाद सुरु भएको चैत ५ देखि हो। त्यसअघि जस्तो अवस्थामा थियौँ, त्यस्तै बस्ने भन्ने उहाँहरूको कुरा छ। अब त्यो सम्भव हुने कुरा होइन।
पहिले ५ पुुसमा प्रतिनिधिसभा विघटनविरुद्ध हामी आन्दोलमा सँगै थियौ। उहाँहरूले पनि ओलीको असंवैधानिक कदमलाई प्रतिगमन नै भन्नुभएको थियो तर ११ फागुनमा अदालतको फैसला आयो, त्यसपछि २३ फागुनको फैसला आयो। यो दुुईवटा सन्दर्भबाट कसरी हाम्रो पार्टी अगाडि बढ्नुपर्छ भनी छलफल गर्न कार्य समिति बैठक बोलाइएको थियो तर उहाँहरूले १० मिनेट अगाडि बैठकसैठक हुँदैन भनेर छोडेर हिँड्नुभएको थियो।
औपचारिक, अनौपचारिक तरिकाले उहाँहरूले पठाउनुु भएको प्रस्ता स्वीकार्न सक्ने अवस्था छैन। त्यसैले पार्टी एकताको सम्भावना शून्यबराबर मान्न सकिन्छ।