Kathmandu Press

२९७७ संक्रमित थपिँदा १६७८ जना संक्रमणमुक्त, १८ को मृत्युु   

काठमाडौं, साउन ८ : पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ७७ कोरोना संक्रमित थपिएका छन्।कुल १७ हजार ३०८ जनाको स्वाब परीक्षण...
२९७७ संक्रमित थपिँदा १६७८ जना संक्रमणमुक्त, १८ को मृत्युु   
Hardik ivfHardik ivf

काठमाडौं, साउन ८ : पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ७७ कोरोना संक्रमित थपिएका छन्।

कुल १७ हजार ३ सय ८ जनाको स्वाब परीक्षण गर्दा उक्त परिमाणमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

१३ हजार ६ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ८२ जना र ३ हजार ६ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सोही अवधिमा संक्रमणमुक्त हुनेको संख्या  १ हजार ६ सय ७८  रहेको छ। योसँगै कोरोना निको हुनेको संख्या ६ लाख ३९ हजार ३ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १८ जनाले ज्यान गुमाएका छन्। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय ७९ पुगेको छ। 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका ६ सय १३ जना थपिएका छन्। यीमध्ये काठमाडौं जिल्लामा ४ सय १०, ललितपुरमा १ सय ३४ र भक्तपुरमा ६९ नयाँ संक्रमित थपिएका हुन्।

प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्