राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, साउन ८ : राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएकाे छ।

बिहान साढे ११ बजेतिर शीतलनिवास पुगेका ओली झन्डै २ घन्टा शीतल निवासमा बसेका थिए। उनी दिउँसो साढे १ बजेतिर शीतल निवासबाट बाहिरिएका हुन्।

भेटमा के विषयमा छलफल भयो भन्नेबारे केही जानकारी दिइएको छैन। तथापि समसामयिक राजनीतबारे छलफल भएको स्रोतले जनाएको छ।

 Published Date: Friday, 23rd July 2021 3:03:00 pm