Kathmandu Press

सुटिङकी कल्पनाले शनिबार बिहान प्रतिस्पर्धा गर्ने 

सुटिङकी कल्पनाले शनिबार बिहान प्रतिस्पर्धा गर्ने 

काठमाडौं, साउन ८ : नेपालबाट टोकियो ओलम्पिकमा सहभागी पाँच खेलाडीमध्ये सुटिङकी कल्पना परियारले शनिबार बिहान प्रतिस्पर्धा गर्ने भएको छ।

परियारले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। उनले एक साताअघि नै जापान पुगेर अभ्यास थालेकी थिइन्। उनको खेल बिहान ५ः१५ बजे सुरु हुनेछ। 

Hardik ivf

टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह, एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन्। सिंहले दोस्रोपटक ओलम्पिक खेल्न लागेका हुन् भने अन्य चार खेलाडी पहिलोपटक ओलम्पिकमा सहभागी भएका छन्। 

पौडीकी गौरिकाले पहिलोपटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक प्राप्त गरेकी थिइन्।

उनले महिला १०० मिटर फ्रि स्टाइल तथा शाहले पुरुष १०० फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। 

यसैगरी भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनेछन् भने। टोकियो ओलम्पिक यही साउन २४ गते सम्पन्न हुनेछ।   

प्रकाशित मिति: १३:३४ बजे, शुक्रबार, साउन ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्