मनाङ र सिन्धुपाल्चोकका मानिसको जीवन रक्षा गर्नुपर्नेमा गृहमन्त्री खाँणको जोड
काठमाडौं, साउन ७ : गृहमन्त्री बालकृष्ण खाँणले मनाङ र सिन्धुपाल्चोकमा विशेष प्याकेजमा राखेर त्यस क्षेत्रका मानिसको जीवन रक्षा गर्नुपर्ने बताएका छन् ।राज्य व्यवस्था...
काठमाडौं, साउन ७ : गृहमन्त्री बालकृष्ण खाँणले मनाङ र सिन्धुपाल्चोकमा विशेष प्याकेजमा राखेर त्यस क्षेत्रका मानिसको जीवन रक्षा गर्नुपर्ने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मनाङ र सिन्धुपाल्चोकमा विशेष प्याकेसहितका कार्यक्रम राखेर त्यहाँका मानिसको जीवन रक्षा गर्नुपर्ने बताएका हुन् । नेपालमा प्राकृतिक विपद्हरु हरेक वर्ष कल्पना गरेभन्दा धेरै आइरहेको हुँदा पूर्व सावधानी अपनाउनु पर्ने भन्दै जनता पहिलो प्राथमिकतामा हुनेमा जोड दिए ।
सिन्धुपाल्चोकको बाढीमा परेका अधिकांश घरहरु नक्शा पास नभइ बनाएको भन्दै सरकारले घटनाको गहन अध्ययन भन्दा तत्काल जीवनको रक्षा गर्ने कुरालाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
सिन्धुपाल्चोक र मनाङमा त्यहाँको जीवनलाई सहज कसरी बनाउने भन्ने बारेमा सरकारले विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जनाए ।
प्रकाशित मिति: २१:२३ बजे, बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार