Kathmandu Press

ओलम्पिक फुटबल : मेक्सिकोले फ्रान्सलाई हरायो, इजिप्टसँग रोकियो स्पेन

ओलम्पिक फुटबल : मेक्सिकोले फ्रान्सलाई हरायो, इजिप्टसँग रोकियो स्पेन
Hardik ivfHardik ivf

काठमाडौं, साउन ७ : टोकियो ओलम्पिकको पुरुष फुटबलमा मेक्सिकोले सानदार सुरुआत गरेको छ। बिहीबार भएको पुरुष फुटबलको उद्घाटन खेलमा मेक्सिकोले फ्रान्समाथि ४–१ को सानदार जित निकलोको हो।

समूह ए अन्तर्गत भएको खेलको पहिलो हाफको सुरुआतै लिएको अग्रता जोगाउन नसक्दा फ्रान्स पराजित भयो। मेक्सिकोलाई जित दिलाउन भिगा एलेक्सिस, कोर्डोभा सेवास्टियन, एन्टुना उरिएल र अगुएरो इटुआर्डोले गोल गरे भने फ्रान्सका गिग्नाक आन्द्रे पिएरेले गोल गरे। खेलको १० औं मिनेटमा पिएरेको गोलमा फ्रान्सले अग्रता लियो ।

पहिलोसम्म अग्रता जोगाएको फ्रान्सले दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन। ४७औं मिनेटमा भिगा एलेक्सिसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ५५औं मिनेथमा कार्डोभा, ८०औं मिनेटमा एन्टुना उरिएल र इन्जुरी समयमा अगुएरेले गोल गरेपछि मेक्सिकोले फ्रान्समाथि सानदार जित निकाल्यो।

ओलम्पिकको पुरुष फुटबल अन्तर्गत नै इजिप्टले स्पेनलाई गोलरहित बराबरीमा रोक्दा न्युजिल्यान्डले दक्षिण कोरियामाथि १–०को जित निकाल्यो । यस्तै आइभोरी कोस्टले साउदी अरेबियालाई २–१ले हरायो। 
 

प्रकाशित मिति: २०:४६ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्