Kathmandu Press

१० हजारलाई निः शुल्क स्वास्थ्य परीक्षणका लागि केडीसी र प्रभु बैंकबीच सम्झौँता

१० हजारलाई निः शुल्क स्वास्थ्य परीक्षणका लागि केडीसी र प्रभु बैंकबीच सम्झौँता
Hardik ivfHardik ivf

काठमाडौ, साउन ७ : काठमाडौंको बसुन्धारामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल र प्रभु बैंक लिमिटेडबीच एक बर्षभित्र १० हजार बढी सर्वसाधरणलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता भएको छ । 

निःशुल्क स्वास्थ्य परीक्षण र अभिमुखीकरण सम्वन्धी कार्यक्रम गर्ने विषयमा केसीडी र वीएम फाउण्डेशनका अध्यक्ष एवं केसीडीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ र प्रभु बैंकका सिईओ अशोक शेरचनबीच सम्झौँता पत्रमा हस्ताक्षर भएको हो । कलेजद्वारा सञ्चालित केडीसी जनरल हस्पिटलले अवको एक वर्ष भित्र देशका विभिन्न जिल्लामा पुगेर १० हजार बढी आम सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने छ । 

सम्झौँता पछि डा. श्रेष्ठले मुख, आँखा र महिलाको प्रजनन् स्वास्थ्यका विषय निकै नै सम्वेदनशील रहेको भन्दै स्थानीय तहमा गएर स्वास्थ्य परीक्षण गर्नका लागि हातेमालो गरेकोमा प्रभु बैंकलाई धन्यवाद दिए । प्रभु बैंकका सिईओ शेरचनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगर्त केडीसीसंग सहकार्यको थालनी गरेको बताए । 

केडीसीले जिल्लामा  स्वास्थ्य परीक्षण सिविर सञ्चालन गरेकै बखत स्थानीय तहका  महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक र स्थानीय स्वास्थ्य संस्थाका प्राविधिकहरुलाई मुख तथा दन्त स्वास्थ्य, आँखा स्वास्थ्य र महिलाको प्रजनन् स्वास्थ्य सम्वन्धी अभिमुखिकरण तालिम समेत दिने छ ।  सम्झौँता पछि पहिलो चरणमा कार्यक्रम बागमती प्रदेशको चितवन, लुम्बिनी प्रदेशको रुपन्देही र गण्डकी प्रदेशको स्याङ्जा, कास्की, बागलुङ  र म्याग्दी जिल्लामा लागू हुने तयारी छ ।

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्