Kathmandu Press

प्रधानमन्त्री देउवा र अस्ट्रेलियाकी राजदूत भोल्कबीच शिष्टाचार भेट

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच बिहीबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवा र अस्ट्रेलियाकी राजदूत भोल्कबीच शिष्टाचार भेट

काठमाडौं, साउन ७ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच बिहीबार भेटवार्ता भएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले भेटवार्ताबारे जानकारी दिएका हुन् ।

‘आज प्रधानमन्त्री निवास बालुवाटारमा अस्ट्रेलियाकी राजदूतसँग शिष्टाचार भेट भयो । कोभिड-१९ महामारीविरुद्ध लड्न नेपाललाई अस्ट्रेलियाले पुर्‍याउँदै आएको सहयोगप्रति मैले आभार व्यक्त गरेँ,’ देउवाले लेखेका छन्, ‘आगामी दिनमा नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास गरेको छु ।’
 

प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्