Kathmandu Press

कुसुमले ल्याइन ‘काफल पाक्यो’

काठमाडौं, साउन ७ : गायिका कुसुम गुरुङले नयाँ गीत ‘काफल पाक्यो’ लाएकी छिन्।दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन पुरस्कार विजेता साहित्यकार...
कुसुमले ल्याइन ‘काफल पाक्यो’

काठमाडौं, साउन ७ : गायिका कुसुम गुरुङले नयाँ गीत ‘काफल पाक्यो’ लाएकी छिन्।

दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङको रहेको छ ।

कुसुम गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको ‘लाइभ भिडियो’ रीमा फिल्मसको स्टुडियोमा छायाङ्कन गरिएको हो । कुसुमलाई कोरसमा गायिकाद्वय सविना योङहाङ र सुनिता संयकले साथ दिएका छन् । भिडियो मिराज अर्यालले तयार पारेका हुन् ।

कुसुमले भनिन्, ‘मदन पुरस्कार विजेता अग्रज सर्जकको गीतमा स्वर भर्न पाउनु मेरा लागि ठूलो भाग्य हो । गीतलाई सकेसम्म न्याय दिने प्रयास गरेकी छु ।’

दिनेश बान्तवा र राजन मुकारुङ जोडीको सहकार्य रहेको ‘हुरुक्कै भएँ म’ यसअघि नै हिट गीतको सूचीमा परिसकेको छ ।

हेर्नुस भिडियाे

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्