Kathmandu Press

राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाको रिटमाथि आज सुनुवाइ

काठमाडौं, साउन ७ : राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाको रिटमाथि आज (बिहीबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा...
राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाको रिटमाथि आज सुनुवाइ

काठमाडौं, साउन ७ : राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाको रिटमाथि आज (बिहीबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा उनको रिटमाथि सुनुवाइ हुन लागेको हो।

पार्टी ह्विप उल्लंघन गरेको भन्दै राष्ट्रिय जनमोर्चाको कारबाहीपछि उनको सांसद पद खारेज भएको थियो। पार्टी कारबाहीविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरे। सर्वोच्चले जेठ २३ गते सर्वोच्च अन्तरिम आदेश जारी गरेर पद थमौती गरिदिएको थियो।

Hardik ivf

सर्वोच्चको उक्त निर्णयमा जनमोर्चा, प्रदेशसभा र सभामुखले पुनरावलोकन माग गरेका थिए। सर्वोच्चले आनो अघिल्लो आदेश खारेज गर्दै नेता थापामाथिको कारबाही सदर गरेपछि उनले फेरि अदालतमा रिट निवेदन पेस गरेका थिए। 

यसअघि थापाको सांसद पद सर्वोच्च अदालतको आदेशले खारेज गरिदिएको थियो । अदालतको उक्त आदेशविरुद्ध अर्को रिट लिएर उनी फेरी सर्वोच्च पुगेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत माग्दा उनी तटस्थ बसेका थिए। जबकि पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो।

तटस्थ बसेको भन्दै राष्ट्रिय जनमोर्चाले उनलाई पदबाट हटाएको थियो। उनी बागलुुङ क्षेत्र नं. २ ‘ख’ बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, साउन ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्