Kathmandu Press

समग्र विकृतिविरुद्ध आज प्रतिरोधसभा, माइतीघरदेखि बानेश्वरसम्म जुलुुस

काठमाडौं, साउन ७ : मान्छेलाई मान्छे गन्दैन                                डेराबास...
समग्र विकृतिविरुद्ध आज प्रतिरोधसभा, माइतीघरदेखि बानेश्वरसम्म जुलुुस
Hardik ivfHardik ivf

काठमाडौं, साउन ७ : मान्छेलाई मान्छे गन्दैन
                                डेराबास पनि दिँदैन
                                प्रेमीहरूको ज्यान लिन्छ
                                खोलामा लास फाल्दिन्छ
                                यस्तो थिति फालौं
                               आउनुस्, आजै थालौं।

यो नारा हाे, आज (बिहीबार) आयोजना गरिने प्रतिरोधसभाको, जुन दिउँसो २ बजे माइतीघरबाट र्यालीका रुपमा सुरु भई बानेश्वरमा पुुगी सभामा परिणत हुुनेछ। प्रतिरोधसभाका तर्फबाट आयोजना गरिएको पहिलो कार्यक्रम नै आज सुरु हुन लागेको आयोजकले जनाएको छ।

प्रतिरोधसभा एउटा लुज फोरम हो, जसले व्यवस्थाविरोधी अभियानलाई अगाडि बढाउने अभियन्ता मनोज खतिवडा बताउँछन्। सत्तामा देखिएका समस्याहरू व्यवस्थाको उपज रहेको उनी बताउँछन्। 

जात व्यवस्था, पितृसत्ता, धर्म व्यवस्था, पुँजीवाद, एकात्मक राज्य व्यवस्थाको विकल्पको खोजीका रुपमा प्रतिरोधसभाको आयोजना गरिएको उनले बताए।

हाम्रो सामाजिक आन्दोलन एकीकृत रुपमा नभएकाले समग्र सामाजिक मुद्दामा एकताबद्ध तरिकाले अगाडि बढ्न प्रतिरोधसभा आवश्यक रहेको उनी बताउँछन्। ‘हाम्रो राज्य सक्ता एकल जातिवादी, एकल भाषिक, पुँजीवादी रहेको र समग्र व्यवस्थाकै विकल्प चाहन्छौं,’ उनी भन्छन्। 

सबै किसिमका सामाजिक तथा जातीय विभेद, महिला हिंसा, हत्या र दण्डहीनता, किसानका पक्षमा, मजदुर, पत्रकार सम्पूूर्ण सर्वहाराको पक्षमा आवाज उठाउने थलो रहेको बताउँछन् लेखकसमेत रहेका प्रतिरोध अभियान्ता कला अनुरागी। सामाजिक विकृतिको अन्त्यका लागि सबैको सरोकार र चासो हुनु आवश्यक रहेको उनले बताए।

आज गरिने प्रतिरोधसभा समग्र बेथितिविरुद्धको आन्दोलन रहेको उनले बताए। बानेश्वरमा हुने सभामा बिभिन्न कार्यक्रम प्रस्तुत गरिने उनले जानकारी दिए।

कार्यक्रममा कविता, संगीतिक प्रस्तुति, नाट्य प्रस्तुतिका माध्यमबाट प्रतिरोध गरिने उनले जानकारी दिए। उनका अनुसार कवितामा अनिता माझी, निभा शाह, विनोदविक्रम केसी र राजु स्याङ्तानको प्रस्तुति रहनेछ भने सुसेला सङ्गी समूूहको सांगीतिक प्रस्तुति रहनेछ। थिएटर मललगायत टिमको नाट्य प्रस्तुति समेत रहने उनको भनाइ छ। 
 

प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्