Kathmandu Press

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : सभापति देउवा 

देउवाले आफुलाई जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेका कारण नै प्रधानमन्त्री बनेको बताए। 
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : सभापति देउवा 

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले जिताएर प्रधानमन्त्री बनेको बताएका छन्। सभापति देउवाले मुलुकमा जनताभन्दा ठूलो कोही नरहेको पनि बताए। 

प्रज्ञा प्रतिष्ठानमा बुधबार स्वर्गिय प्रदीप गिरिको स्मृति सभालाई सम्बोधन गर्दै देउवाले उक्त भनाई राखेका हुन्। देउवाले आफुलाई जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेका कारण नै प्रधानमन्त्री बनेको बताए। 

Hardik ivf

‘यहाँ धेरै साथीहरूले कुरा उठाउनुभएको छ। आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने ? कति प्रधानमन्त्री भइरहने भन्नुभयो। जनताले भोट हाल्छन् त के गर्ने मैले? पार्टीका सांसदहरूले सहयोग गरे। सबै पार्टीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हो,’ सभापति देउवाले भने।

देउवाल आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लडेको बताउँदै सबै निर्वाचन जितेको भनाई पनि राखे। धेरै राजनीतिक दलका नेताहरू आफूलाई हराउन लागेको भए पनि सफल नभएको उनको भनाई छ। 

‘म एउटा सौभाग्यशाली व्यक्ति पनि हो। अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो । सौभाग्यले कहिल्यै पनि हारेको छैन । धेरै पार्टीका नेताहरू मेरो खिलाफमा लाग्नुभयो डडेलधुराबाट । तर म त हार्छु भनेको थिएँ, तै पनि जितेछु,’ उनले भने, ‘जनता सबैभन्दा ठूलो कुरा हो । जनतालाई त्यही कारण सार्वभौम सम्पन्न भनेका छौं। जनता देशको मालिक हो । जनताभन्दा ठूलो कोही छैन । सबै साथीहरूले जनताको सेवा गरौं।’


 

प्रकाशित मिति: १९:१३ बजे, बुधबार, भदौ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्