Kathmandu Press

नाउपा संसदीय दलको नेताबाट चौधरी बर्खास्त, सभामुखलाई रञ्जिताले दिइन् पत्र 

चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ। सभामुख देवराज घिमिरेलाई पत्रमार्फत जानकारी गराउँदै दलको नेता हेरफेरबारे जनाउ दिइएको छ। 
नाउपा संसदीय दलको नेताबाट चौधरी बर्खास्त, सभामुखलाई रञ्जिताले दिइन् पत्र 

काठमाडौं, भदौ ४ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले बुधबार संसदीय दलका नेताबाट गंगाराम चौधरीलाई बर्खास्त गरेकी छन्। 

चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ। सभामुख देवराज घिमिरेलाई पत्रमार्फत जानकारी गराउँदै दलको नेता हेरफेरबारे जनाउ दिइएको छ। 

Hardik ivf

‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका  गंगाराम चौधरीलाई पार्टीको हितविपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवम् सन्तोषजनक जवाफ प्राप्त नभएको हुदा निज  गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२।०४।३० गते कारबाही गरेको हुँदा तहाँ यस पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयमले संसदीय दलको नेताको भूमिकासमेत निर्वाह गर्ने व्यहोरा जानकारी गराइन्छ,’ पत्रमा उल्लेख छ।

श्रेष्ठले पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्न समेत अनुरोध गरेकी छन्। उक्त पत्र संघीय संसद् सचिवालय, निर्वाचन आयोगलाई पनि बोदार्थ पठाइएको छ। 


 

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, भदौ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्