Kathmandu Press

सन्दीपले इंग्ल्यान्डमा क्रिकेट खेल्न नपाएको टियर-५ भिसा के हो?

बेलायत जान विभिन्न किसिमका भिसा प्रयोग गर्न सकिन्छ। आफ्नो दक्षता, आवश्यकता र त्यहाँको मापदण्डअनुसार भिजिट भिसा, स्टडी भिसा, वर्किङ भिसालगायत अनेक भिसा छन्। यीमध्ये सन्दीप गएको ‘टियर भिसा’ पोइन्टमा आधारित भिसा हो।
सन्दीपले इंग्ल्यान्डमा क्रिकेट खेल्न नपाएको टियर-५ भिसा के हो?

काठमाडौं, साउन ५ : नेपालका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्डमा भाइटालिटी ब्लास्ट र द हन्ड्रेड खेल्न अनुबन्ध भएका थिए। कोभिड-१९ का कारण भिसा आउन ढिलाइ भएपछि उनले भाइटालिटी ब्लास्ट भने गुमाए।

तर, द हन्ड्रेडका लागि उनी समयमै इंग्ल्यान्ड गए र सरकारको नीतिबमोजिम मान्यताप्राप्त होटलमा १० दिन क्वारेन्टिनमा पनि बसे। तर, क्वारेन्टिनको अन्तिम दिन सन्दीपलाई इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) ले द हन्ड्रेडमा सहभागी हुन नपाउने जानकारी दियो।

सन्दीपले निराश भएर सामाजिक सञ्जालमा पोस्ट गरे। ईसीबीले उनको भिसा अमान्य भएको भन्दै प्रतियोगितामा सहभागी हुन नदिएको उनले बताएका छन्। टियर-५ (पाँचौँ श्रेणी) को भिसामा इंग्ल्यान्ड पुगेका सन्दीपले त्यो भिसामा त्यहाँ गएर सबै नियम पूरा गर्दा पनि खेल्न दिइएन।

Hardik ivf

उनले ईसीबीलाई भिसाको अवधि बाँकी हुँदाहुँदै किन भिसा मान्य भएन भनेर सोध्दा हरेक अधिकारीले फरक जवाफ दिएको दुखेसो पोखेका छन्। आखिर के हो त सन्दीप इंग्ल्यान्ड गएको टियर-५ भिसा?

बेलायत जान विभिन्न किसिमका भिसा प्रयोग गर्न सकिन्छ। आफ्नो दक्षता, आवश्यकता र त्यहाँको मापदण्डअनुसार भिजिट भिसा, स्टडी भिसा, वर्किङ भिसालगायत अनेक भिसा छन्। यीमध्ये सन्दीप गएको ‘टियर भिसा’ पोइन्टमा आधारित भिसा हो।

अंग्रेजी भाषाको निपुणता, दक्षता, उमेरलगायत विभिन्न कुराले टियर भिसामा पाइने पोइन्ट निर्धारण गर्छ। टियर भिसामा पाँचवटा श्रेणी हुन्छन्।

टियर १: हाइ-भ्यालु माइग्रेन्ट (महत्त्वपूर्ण आप्रवासी)
टियर २: दक्ष कामदार
टियर ३: अदक्ष कामदार
टियर ४: बयस्क विद्यार्थी
टियर ५: अस्थायी कामदार

सन्दीप एउटा प्रतियोगिता मात्र खेल्न गएका हुनाले ‘टियर ५’ को अस्थायी कामदारको भिसामा इंग्ल्यान्ड गएका थिए। तर, इंग्ल्यान्ड क्रिकेट बोर्डले टियर ५ को भिसामा आउने व्यक्तिले प्रायोजन र क्वारेन्टिनका मापदण्ड पूरा गरे पनि प्रतियोगितामा सहभागी हुन नपाउने बताएको हो।

ईसीबीले सन्दीपलाई पहिल्यै एउटा भिसा तोकेर यसमा आए मात्र प्रतियोगितामा सहभागी हुन पाउने भनेर जानकारी गराउनुपथ्र्यो। तर, उनलाई प्रायोजनको मापदण्डका बारेमा मात्र अवगत गराइएको थियो। इंग्ल्यान्ड क्रिकेट बोर्डको कमजोरी वा हेल्चेक्र्याइँका कारण सन्दीप ‘द हन्ड्रेड’मा सहभागी हुनबाट वञ्चित भएका छन्। त्यसैले, उनले फेसबुकमार्फत् ईसीबीलाई भविष्यमा यस्ता गल्ती नदोहोर्‍याउन सुझाव पनि दिएका छन्।

प्रकाशित मिति: २०:१५ बजे, मंगलबार, साउन ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्