Kathmandu Press

सन्दीपले द हन्ड्रेड नखेल्ने

काठमाडौं, साउन ५ : नेपाली क्रिकेटर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुन लागेको नयाँ फर्म्याटको प्रतियोगिता ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्।इंग्ल्याण्ड क्रिकेट...
सन्दीपले द हन्ड्रेड नखेल्ने

काठमाडौं, साउन ५ : नेपाली क्रिकेटर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुन लागेको नयाँ फर्म्याटको प्रतियोगिता ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्।

इंग्ल्याण्ड क्रिकेट बोर्ड (इसिबी) ले भिसालाई मान्यता नदिएपछि सन्दीपले द हन्ड्रेड नेखेल्ने भएका हुन् । प्रतियोगिता खेल्न १० दिनअघि बेलायत पुगेका सन्दीपलाई त्यहाँको सरकारले भीसा मान्यनता नदिएको र देश छाड्न आग्रह गरेकाले सन्दीप एक/दुई दिनमै नेपाल फर्कने सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

असार २४ गते इंग्ल्याण्ड पुगेका सन्दीपले बेलायतको सरकारको नियम अनुसार १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गरेपछि भिसा समस्या आएको हो । यसअघि उनले भिसा ढिला आउँदा भाइटालिटी टि–२० ब्लास्ट पनि गुमाएका थिए। द हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए ।

द हन्ड्रेड खेल्न नपाउने भएपछि सन्दीपले फेसबुक मार्फत् आफू दुःखी भएको उल्लेख गरेका छन्। उनले फेसबुकमा खेलेका छन्, ‘द हन्ड्रेडमा पर्न नसकेकोमा म निकै दुःखी छु । म त्यतिबेला मेरो टिम ओभल इन्भिन्सिबल्समा राम्रो खेल्न गइरहेको थिएँ र मैले ईसीबीका अधिकारीहरुले दिएको सबै निर्देशन पनि पालना गरिरहेको थिएँ ।’ सन्दीपले द हन्ड्रेड खेल्नका लागि आफूले धेरै कुरा गुमाएको बताएका छन् ।

‘म ईसीबीलाई यो विषयमा ध्यान दिन आग्रह गर्न चाहन्छु ताकि अरु कसैले यस्तो झेल्नु नपरोस् । मलाई यो प्रतियोगिता खेलेको हेर्न चाहने मानिसहरुका लागि कस्तो लाग्यो होला भन्ने पनि म महसुस गर्न सक्छु । (आशा गरौं) आगामी दिन सुखद् हुनेछन्,’ सन्दीपले लेखेका छन्। सन्दीपले नखेल्ने पक्का भएपछि इन्भिन्सिबल्सले दक्षिण अफ्रिकी स्पिनर तब्रिज साम्सीलाई अनुबधन गर्ने छ।

प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्