Kathmandu Press

राष्ट्रपतिबाट कविता महोत्सवका विजयीलाई पुरस्कार प्रदान

राष्ट्रपतिबाट कविता महोत्सवका विजयीलाई पुरस्कार प्रदान

काठमाडौं, असार ३० ः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–प्रज्ञा प्रतिष्ठानद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुुरस्कार प्रदान गरेकी हुन् । 

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कार प्रदान गरिएको हो। पुरस्कृत हुनेमा कविता महोत्सव–२०७७ मा ‘नेपालको गीत’  शीर्षकबाट प्रथम नुवाकोटकी भैरवी भूगोल र ‘देशको नक्सा’ शीर्षकबाट यस वर्ष पुरस्कृत भोजपुरकी कविता राईलगायत छन्।

Hardik ivf

विसं २०७७ मा लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’  द्वितीय, सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ शीर्षकका कविता तृतीय भएको थियो। यस वर्ष धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ द्वितीय तथा बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’ र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ शीर्षकका कविता तृतीय भएको थियो। 

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई  रु ३० हजार प्रदान गरिएको छ । प्रतिष्ठानले स्थापना दिवसका दिन हरेक असार ९ गते महोत्सव आयोजना गर्दै आएको छ। विसं २०१४ मा नेपाली साहित्य, कला एकेडेमीका नाममा स्थापित प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रमा कार्य गर्दै आएको छ।
 

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, असार ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्