अन्तर्राष्ट्रिय नियमित उडान तालिका स्वीकृत, सातामा २१ उडान हुने
काठमाडौं, असार १६ : अन्तराष्ट्रिय नियमित उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले २०२१को जुलाई १ देखि अन्तराष्ट्रिय नियमित उडानको तालिका स्वीकृत...
काठमाडौं, असार १६ : अन्तराष्ट्रिय नियमित उडान सुरु हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०२१को जुलाई १ देखि अन्तराष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको हो। जुलाईदेखि प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार उक्त तालिका यसअघि मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा तय भएको हो।
भारत, टर्की, मलेसिया, साउदी अरेबिया, कतार, यूएई, ओमान, चीन, जापान, कोरिया र कुवेतका लागि निश्चित संख्या तोकी नियमित उडान तालिका स्वीकृत गरेको प्राधिकरणले जनाएको छ।
अन्य गन्तब्यमा भने सातामा कुल २१ उडानको अनुमति दिइएको छ। अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन्।
यस्तै नेपालका कम्पनी नजाने गन्तब्य अर्थात कोरिया, टर्की, कुवेत र ओमानमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेप्राधिकरणले जनाएको छ।
हेर्नुहोस् तालिका











