Kathmandu Press

पर्सामा थपियो एक साता निषेधाज्ञा, १० देखि ५ बजेसम्म पसल खोल्न पाइने

पर्सामा थपियो एक साता निषेधाज्ञा, १० देखि ५ बजेसम्म पसल खोल्न पाइने

वीरगन्ज, असार ६ : पर्सामा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ। आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १३ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।

बैठकले निषेधाज्ञाको परिमार्जन पनि गरेको छ। परिमार्जित व्यवस्थाअनुसार स्वास्थ्यका मापदण्ड पालना गरी बिहान १० देखि अपराह्न ५ सम्म पसल खोल्न पाइनेछ।

जिल्ला प्रशासन कार्यालय पर्साले अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र कम्तीमा दुई मिटरको दुरी कायम गर्नुपर्ने,  भीडभाड हुने कार्यमा रोक लगाउने निर्णय गरेको छ।

निषेधाज्ञा अवधिभर सरकारी तथा निजी कार्यालयले सेवा प्रवाह गर्ने र त्यसका लागि लागि उपयुक्त व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखलाई दिने निर्णयसमेत गरिएको बताइएको छ।

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्