Kathmandu Press

विश्वव्यापी लकडाउनले कसरी घटायो ओजोन तहको प्रदूषण?

कोभिड-१९ महामारीका कारण गत वर्ष गरिएको लकडाउनले मानिसहरूलाई केवल कोरोना संक्रमणबाट मात्र बचाएन, वायुमण्डलमा हुने प्रदूषण पनि घटायो। लडकडाउनका कारण एसिया र अमेरिकामा...
विश्वव्यापी लकडाउनले कसरी घटायो ओजोन तहको प्रदूषण?
Hardik ivfHardik ivf

कोभिड-१९ महामारीका कारण गत वर्ष गरिएको लकडाउनले मानिसहरूलाई केवल कोरोना संक्रमणबाट मात्र बचाएन, वायुमण्डलमा हुने प्रदूषण पनि घटायो। लडकडाउनका कारण एसिया र अमेरिकामा कार्बन उत्सर्जन घटेपछि सन् २०२० का मे र जुनमा नासाको नयाँ अनुमानले वायुमण्डलमा प्रदूषण दुई प्रतिशतले घटेको देखाएको छ।

त्यो आँकडा ठूलो नलाग्न सक्छ। तर, विज्ञहरूको भनाइअनुसार यो विश्वव्यापी रूपमा आएको ठूलो सुधार हो। यसलाई हासिल गर्न जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय सरकारी प्यानलद्वारा प्रस्तावित सबैभन्दा आक्रामक उत्सर्जन न्यूनीकरण योजनाअन्तर्गतबाट पनि कम्तिमा १५ वर्ष लाग्न सक्थ्यो।

‘महामारीमा भएको लकडाउनले विश्वव्यापी वायुमण्डलमा यति ठूलो प्रभाव पारेकामा म दंग परेको छु,’ नासाको जेट प्रोपल्सन प्रयोगशालामा वायुमण्डलको रासायनिक संरचनाबारे अनुसन्धान गर्ने जेसिका न्यू भन्छिन्, ‘हामीले वायुमण्डलको सतहमा स्थानीय प्रतिक्रियाको बढी अपेक्षा गरेका थियौँ।’

वायुमण्डलको ओजोन तह आफैँमा खराब होइन। ओजोन तहले सूर्यको पूर्ण शक्तिबाट पृथ्वीको रक्षा गर्छ। तर, पृथ्वीमा ओजोनले फोक्सो, मुटु र श्वासप्रश्वासको समस्या बढाउँछ।

ओजोन प्रदूषक तह पनि होइन, जो हामी मानवहरू वायुमण्डलमा सीधै उत्सर्जन गर्छौँ। हावामा मोटर, कारखाना, ऊर्जा संयन्त्र र रिफाइनरीहरूबाट निस्किएको नाइट्रोजन अक्साइडसँग सूर्यको प्रकाश पर्दा ओजोन तह उत्पन्न हुन्छ।

यद्यपि, हामीलाई यसको विषयमा थाहा भए पनि तल्लो वायुमण्डलमा नाइट्रोजन अक्साइड र ओजोनबीचको सम्बन्ध अनुमान गर्न गाह्रो हुन्छ।

मौसम परिवर्तन, अन्य प्रदूषक र रसायनको उपस्थितिले यसलाई बढाउँछन्। नाइट्रोजन अक्साइडमा आएको कमीले पनि ओजोनमा प्रदूषण बढ्न सक्छ।

उदाहरणका लागि केही वर्षअघि चीनले सूक्षम कणको उत्सर्जन घटायो। तर, त्यसबाट ओजोनमा वायु प्रदूषण अप्रत्याशित रूपमा बढ्यो।

यस अनिश्चिततालाई ध्यानमा राख्दै शोधकर्ताहरूले गत वर्षको लकडाउनलाई अवसरका रूपमा लिए। र, अध्ययन अगाडि बढाए। पृथ्वीमा हुने प्रदूषण द्रुत गतिमा कटौतिबाट वायुमण्डलमा कस्तो परिवर्तन आउँछ भन्ने उनीहरूलाई हेर्नु थियो। उक्त ज्ञान अधिक प्रभावकारी पर्यावरणीय नीति बनाउन मद्दत पुग्थ्यो।

वायुमण्डलीय प्रतिक्रियाका चारवटा मोडेलमा सन् २०२० देखि धेरै उपग्रहको विवरण प्रयोग गर्दै शोधकर्ताले एनओएक्स उत्सर्जनमा ह्रास आएको र विश्वभरको लकडाउनले प्रभाव पारेको पत्ता लगाए। अप्रिल र मे महिनामा विश्वव्यापी प्रदूषणमा कम्तिमा १५ प्रतिशत ह्रास आएको पाइयो।

कडा लकडाउन गरेका मुलुकको आकाशमा अन्ततः नाइट्रोजन अक्साइड उत्सर्जनमा सबैभन्दा ठूलो कटौती भएको पाइयो। चीनमा यस वर्षको सुरुमा लकडाउन गर्ने आदेशले विशेष प्रकारका प्रदूषक तत्त्वहरूमा ५० प्रतिशत गिरावट आएको पाइएको छ।

अमेरिका, युरोप, मध्यपूर्व र पश्चिमी एसियामा लकडाउनका कारण अप्रिल र मेमा एनओएक्स उत्सर्जन घटेर १८ देखि २५ प्रतिशतको बीचमा झ¥यो।

वातावरणमा देखिएको प्रभावको नतिजा आश्चर्यजनक रूपमा विश्वव्यापी र द्रुत थियो। लकडाउनपछि ओजोन तहको प्रदूषण द्रुत गतिमा घटेको पाइयो, जो त्यति नै द्रुत गतिमा विश्वभर फैलियो। त्यसबाट ओजोनको प्रदूषित वायु १० किलोमिटरभन्दा माथिसम्म सफा भएको छ।

ट्रपोस्फियरमा ओजोनले हावाको गुणस्तर मात्र घटाउँदैन, यसले गर्मीलाई रोक्छ र विश्वव्यापी तापमान वृद्धि कम गर्न योगदान दिन्छ। शोधकर्ताहरूले गत वर्षको कोभिड–१९ लकडाउनले हावाको गुणस्तर बढाउन र जलवायु परिवर्तनको गति रोक्न मद्दत पुगेको आकलन गरेका छन्।

‘हाम्रो विश्लेषण प्रणालीले विश्वभरि उत्सर्जनका विस्तृत परिवर्तनको विवरण लिन सक्षम भएकोमा म धेरै खुशी छु,’ नासाको जेट प्रोपल्सन प्रयोगशालाका वायुमण्डलीय वैज्ञानिक काजुयुकी मियाजाकी भन्छन्, ‘यस कामको चुनौतीपूर्ण र अभूतपूर्व प्रकृति सामाजिक आवश्यकताहरूको सेवामा उपग्रह अनुगमनमा सुधार ल्याउने नियम हो।’

जलवायु संकटको समयमा र वायु प्रदूषण पहिलेभन्दा खराब हुँदै गएको अवस्थामा वातावरणले कस्तो प्रभाव पार्छ भनेर जति चाँडो पत्ता लगाउन सकिन्छ, त्यति नै पृथ्वीवासीका लागि राम्रो हुनेछ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणले प्रत्येक वर्ष करिब ७० लाख मानिसको मृत्यु हन्छ। यसलाई संसारमा हुने सबै हिंसा र रोगहरू भन्दा बढी खतरनाक र मौन महामारी मानिँदै आएको छ।

गत वर्षको मार्चमा चीनमा गरिएको अनुमानअनुसार दुई महिनाको प्रदूषण न्यूनीकरणले पाँच वर्षमुनिका चार हजार र ७३ हजार बयस्कको ज्यान बचेको छ। यो संख्या सोही समयमा विश्वव्यापी रूपमा कोभिड–१९ बाट मृत्यु हुनेहरूको भन्दा बढी हो।

तथापि, यस्तो अभ्यासलाई निरन्तरता दिनुपर्ने पक्षमा वैज्ञानिकहरू छन्। किनकि, त्यसो गर्न नसक्दा त्यो केवल अल्पकालीन प्रभावमै सीमित रहन्छ। विश्व फेरि पहिलेकै अवस्थामा फर्किँदा ओजोन तहको प्रदूषण पनि पुरानै अवस्थामा फर्किन्छ।

(साइन्स अलर्ट डट कमबाट)
 

प्रकाशित मिति: ०६:०७ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्