Kathmandu Press

स्याङ्जाका ५५ विद्यालयमा फोनबाट सिकाइ सहजीकरण 

काठमाडौं, असार ४ : गण्डकी प्रदेशको स्याङ्जा जिल्लाका ५५ सामुदायिक विद्यालयका कक्षा एक र दुई का विद्यार्थीहरुलाई शिक्षकहरुद्वारा फोनबाट सिकाइ सहजीकरण गरिने भएको...
स्याङ्जाका ५५ विद्यालयमा फोनबाट सिकाइ सहजीकरण 
Hardik ivfHardik ivf

काठमाडौं, असार ४ : गण्डकी प्रदेशको स्याङ्जा जिल्लाका ५५ सामुदायिक विद्यालयका कक्षा एक र दुई का विद्यार्थीहरुलाई शिक्षकहरुद्वारा फोनबाट सिकाइ सहजीकरण गरिने भएको छ ।

कोरोना माहामारीका कारण विद्यालयहरु बन्द भएपछि अभिभावकहरुसँग फोन सम्पर्क गरी विद्यार्थीहरुलाई फोनबाटै सिकाइ सहजीकरण गर्न लागिएको हो । रुम टु रिड र सूर्याेदय क्लबको साझेदारीमा साक्षरता कार्यक्रम सञ्चालित विद्यालयमा यो क्रियाकलाप सञ्चालन गर्न लागिएको हो ।

विद्यालयका प्रधानाध्यापक, कक्षा एक र दुईको नेपाली भाषा शिक्षकहरुलाई १० समूहमा विभाजन गरी रुम टु रिड र सूर्योदय क्लबले अभिमुखीकरण गरिसकेको छ । अभिमुखीकरण कार्यक्रममा दहथुम माविका प्रधानाध्यापक वेद प्रसाद अर्यालले विद्यार्थीहरुसँग जोडिने सबैभन्दा सजिलो र प्रभावकारी माध्यम फोन भएको र सिकाइलाई सहजीकरण गर्न विद्यालय तयार रहेको जानकारी दिए ।

फोन मार्फत अक्षर चिनारी, बाह्रखरी, शब्द भण्डार, अनुच्छेद पठन तथा पठन बोधको विषयमा सिकाइ सहजीकरण गर्न अभिमूखीकरण गरिएको रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत राजन सापकोटाले जानकारी गराए ।

अभिमुखीकरण रुम टु रिडका राजन सापकोटा, टेक बहादुर ढेंगा, सन्तोष खनाल र सूर्याेदय क्लबका आशिष न्यौपानेले सहजीकरण गरेका थिए । 
 

प्रकाशित मिति: २०:३७ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्