Kathmandu Press

कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने 

काठमाडौं, असार ४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै...
कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने 
Hardik ivfHardik ivf

काठमाडौं, असार ४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको हो ।

लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निष्कर्ष रहेको छ । बैठकमा केहि केन्द्रीय सदस्यहरुले पार्टीमा छलफल नगरी गठबन्धनको धारणा आएको भन्दै प्रश्न गरेतापनि वैठकले यस्तो निर्णय गरेको हो ।

लोकतन्त्र र संविधान जोगाउन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् ।

यस्तै आजकै बैठकले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ । अब साउन १२ गते वडा अधिवेशन शुरु हुनेछ भने भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुनेछ ।
 

प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्