Kathmandu Press

विपद्‍बारे राष्ट्रपतिको चासो, गृहमन्त्रीसहित सुरक्षा अंगका प्रमुखसँग छलफल 

विपद्‍बारे राष्ट्रपतिको चासो, गृहमन्त्रीसहित सुरक्षा अंगका प्रमुखसँग छलफल 

काठमाडौं, असार ४ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक प्रकोपले निम्त्याएको विपद्‍बारे गृहमन्त्री खगराज अधिकारीसहित सुरक्षा अंगका प्रमुखसँग छलफल गरेकी छन् ।

भण्डारीले गृहमन्त्री अधिकारी र तीनवटा सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।  राष्ट्रपतिले बोलाएपछि गृहमन्त्रीसहित प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास पुगेका थिए ।

Hardik ivf

छलफलमा राष्ट्रपतिले विपद्‍मा परेका जनताको उद्धार, राहतलगायतको बन्दोबस्त मिलाउन पनि निर्देशन दिएकी छन् । छलफलमा विपद् व्यवस्थापन र अहिलेसम्म भएका क्षतिका बारेमा राष्ट्रपति भण्डारीले चासो दिएकी थिइन् ।  

विपद् न्युनीकरणका लागी भएको प्रयासबारे जानकारी गराएर गृहमन्त्री सहितका सुरक्षा अधिकारी फर्केका थिए । 

प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्