Kathmandu Press

नेपाल समूहको अनेरास्ववियु राहत बाँड्न हेलम्बुमा

काठमाडौं, असार ४ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहनिकट विद्यार्थी संगठन अनेस्ववियु राहत वितरणका लागि आज (शुक्रबार) हेलम्बु गाउँपालिकातर्फ प्रस्थानगरेको छ।मेडिकल टिमसहित...
नेपाल समूहको अनेरास्ववियु राहत बाँड्न हेलम्बुमा

काठमाडौं, असार ४ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहनिकट विद्यार्थी संगठन अनेस्ववियु राहत वितरणका लागि आज (शुक्रबार) हेलम्बु गाउँपालिकातर्फ प्रस्थानगरेको छ।

मेडिकल टिमसहित गएको अनेरास्ववियु टोलीले आजै चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुटलगायत सामग्री लिएर हेलम्बुको बाढी प्रभावित क्षेत्रमा पुग्ने अनेरास्ववियुमा आबद्ध एक विद्यार्थी नेताले बताए।

Hardik ivf

उनका अनुसार हेलम्बु गाउँपालिकाका लागि १० लाख बराबरको राहत सामग्री लगिएको छ।

नेता नेपालले हेलम्बु जान लागेको विद्यार्थी टोलीलाई बाढीबाट सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न निर्देशन दिए। उनले बेसहारा र असहायलाई पहिलो प्राथमिकतामा राख्न आुनरोध गरे।

उनले जनताको समस्या समाधानका लागि अग्रसरता लिएको भन्दै अनेरास्ववियुलाई धन्यवाद पनि दिए।

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, असार ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्