Kathmandu Press

युरोकप : नेदरल्यान्ड्स र बेल्जियम नकआउट चरणमा

काठमाडौं, असार ४ : समूहमा लगातार दोस्रो जित निकाल्दै नेदरल्यान्ड्सर र बेल्जियम १६औं संस्करणको युरोकपको नकआउट चरण प्रवेश गरेका छन्। बिहीबार राति भएको खेलमा...
युरोकप : नेदरल्यान्ड्स र बेल्जियम नकआउट चरणमा

काठमाडौं, असार ४ : समूहमा लगातार दोस्रो जित निकाल्दै नेदरल्यान्ड्सर र बेल्जियम १६औं संस्करणको युरोकपको नकआउट चरण प्रवेश गरेका छन्। बिहीबार राति भएको खेलमा नेदरल्यान्डस्ले अस्ट्रियालाई २–०ले हराउयो भने बेलिज्यमले डेनमार्कमाथि २–१को जित निकाल्यो । 

नेदरल्यान्ड्स समूह सीबाट र बेल्जियम समूह बीबाट नकआउट चरणमा पुगेका हुन्।

Hardik ivf

घरेलु मैदानमा नेदरल्यान्ड्सले डिपेको गोलमा सुरुआती अग्रता लियो । उनले ११औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। अस्ट्रियाका कप्तान डेविड अलवाले नेदरल्यान्ड्सका डमफ्राइसलाई डिबक्समा लगाएपछि उसले पेनाल्टी पाएको थियो।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डोनयल मालेनको पासमा डमफ्राइजले ६७औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए । 

समूह सीमा रहेको नेदरल्यान्ड्सको ६ अंक जोडेको छ र उसले नकआउट चरणमा स्थान पक्का गरेको छ। पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हराएको अस्ट्रियाको नकआउट चरण पुग्ने सम्भावना बाँकी नै छ । अन्तिम खेलमा युक्रेनविरुद्ध अंक जोड्न सके ऊ समूहमा दोस्रो हुँदै नकआउट चरण पुग्ने छ।

यसअघि भएको खेलमा समूह बीको खेलमा बेलिज्यमले डेनमार्कमाथि २-१को पुनरागमन जित निकाल्यो । उसका लागि थोर्गन हाजार्ड र केभिन डे ब्रुयनले गोल गरे भने डेनमार्ककका युसुफ पलसेनले गोल गरेका थिए। 

पलसेनले खेल सुरु भएको ९० सेकेन्डमै गोल गरेका थिए । यता, बेल्जियमले दुवै गोल दोस्रो हाफमा गरेको थियो । उसका हाजार्डले ५४औं र डे ब्रुयनले ७०औं मिनेटमा गोल गरेका थिए।
 

प्रकाशित मिति: १०:३० बजे, शुक्रबार, असार ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्