Kathmandu Press

युरोकप : आत्मघाती गोलमा जर्मनीविरुद्ध फ्रान्सको जित

काठमाडौं, असार २ : विश्वविजेता फ्रान्स युरोकपको पहिलो खेलमा विजयी भएको छ। मंगलबार राति म्युनिखमा भएको खेलमा आत्मघाती गोलको मद्दतमा फ्रान्सले जर्मनीमाथि १–०को जित...
युरोकप : आत्मघाती गोलमा जर्मनीविरुद्ध फ्रान्सको जित

काठमाडौं, असार २ : विश्वविजेता फ्रान्स युरोकपको पहिलो खेलमा विजयी भएको छ। मंगलबार राति म्युनिखमा भएको खेलमा आत्मघाती गोलको मद्दतमा फ्रान्सले जर्मनीमाथि १–०को जित निकालेको हो।

घरेलु मैदानमा २०औं मिनेटमा डिफेन्डर माट हुमल्सले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो । लुकास हर्नान्डेसको क्रास रोक्नमा क्रमम हुमल्सले आफ्नै पोष्टमा गोल गरेका हुन्। खेलमा त्यही गोल निर्णायक भयो । 

Hardik ivf

खेलमा बलमाथि नियन्त्रण बनाउँदै जर्मनीले फ्रान्समाथि दबाब बनाएको थियो भने फ्रान्सले काउन्टर अट्याकमा गोलका अवसर सिर्जना गरेको थियो । खेलको दोस्रो हाफमा फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जिमले गोल गरे, तर दुवै गोललाई रेफ्रिले अफसाइट करार गरेका थिए।

खेलमा ६२ प्रतिशत बल पोजेसन बनाएको जर्मनीले फ्रान्सको पोस्टमा १० सट प्रहार गरेकोमा १ सट फ्रेममा थियो । यता, फ्रान्सले ४ सट प्रहार गरेकोमा १ सट नै फ्रेममा थियो । 

ग्रुप अफ डेथको रुपमा रहेको समूह एफमा हंगेरीविरुद्ध ३–०को जित निकालेको डिफेन्डिङ च्याम्पियन पोर्चुगल शीर्ष स्थानमा छ। ३ अंक नै भए पनि गोलअन्तरमा पछि पर्दै फ्रान्स दोस्रो स्थानमा छ।
 

प्रकाशित मिति: १०:३१ बजे, बुधबार, असार २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्