जोखिममा टोकियो ओलम्पिक

१० हजार मानिस। त्यति धेरै ओलम्पिक स्वयंसेवकहरूले टोकियो ओलम्पिक सुरु हुन ५० दिनअघि काम छोडे। सन् २०२१ मा ओलम्पिक सम्पन्न गर्न आवश्यक प्रत्येक आठजना स्वयंसेवकमध्ये एक–एक जनाले काम छाडेका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को विरोध प्रदर्शनका बावजुद उनीहरूले काम छाड्नु सकारात्मक सन्देश थिएन।

त्यसले पनि यस वर्षको ग्रिष्म ऋतुमा हुने ओलम्पिक खेल जोखिममा रहेको संकेत गर्छ। जापान हाल कोरोनाको उच्च प्रसारसँग जुझिरहेको छ। र, मात्र तीन प्रतिशतभन्दा कम जनसंख्यालाई मात्र खोप दिइएको छ। सर्वेक्षणअनुसार जापानको ८० प्रतिशत जनसंख्या ओलम्पिक खेल आयोजनाको विपक्षमा छ। आपतकालीन अवस्था भएकाले पनि ओलम्पिक आयोजना गर्न नहुने बहुसंख्यक जापानी नागरिकको बुझाइ देखिन्छ।

टोकियोका बासिन्दा ओलम्पिक रद्द भएको देख्न चाहन्छन्। तर, सरकारले त्यो आयोजक मुलुकको भई आईओसीको निर्णय भएको बताएको छ। जापानी ओलम्पिक कमिटीकी सदस्य तथा एक समयकी कास्य पदक विजेता काओरी यामागुचीले टोकियो ओलम्पिक आयोजना गर्न ‘कठिन परिस्थिति’ उत्पन्न भएको बताएकी छन्। ‘हामी यस्तो अवस्थामा फसेका छौँ कि अहिले चाहेर पनि खेल रोक्न सक्दैनौँ। ओलम्पिक आयोजना गर्दा या नगर्दा दुवै परिस्थितिमा हामीले आलोचित हुनुपर्नेछ। आईओसीले पनि जापानमा सार्वजनिक धारणा वा मत महत्त्वपूर्ण छैन भन्ने ठानेको छ,’ उनले लेखेकी छन्। उनको यस लेखनीले जापानी ओलम्पिक कमिटीको अहंकारको पर्खाल भत्काएको छ।

एक समझदार विश्व हुन्थ्यो भने ओलम्पिक यसअघि नै स्थगित भइसकेको हुने थियो। तर, पैसाले अन्य सबै चिन्तालाई टाढा पु¥याएको छ। र, यामागुचीको तर्क छ– ‘हामीले खेल आयोजन ग¥यौँ भने पनि र नगरे पनि मुलुकले हामीलाई धिकार्ने छ।’ जापानले आधिकारिक रूपमा ओलम्पिक आयोजना गर्न १५ अर्ब ४० करोड डलर खर्च गरेको छ। तर, सरकारी लेखा परीक्षणअनुसार वास्तविक लागत ३० अर्ब डलर र त्यसभन्दा बढी पनि हुन सक्छ। त्यो धनराशी पुनप्र्राप्ति आवश्यक छ तर त्यो प्राप्त हुने कुनै सम्भावना देखिँदैन।

आईओसीका लागि उनीहरूले ओलम्पिक भनी सम्बोधन गर्ने केही खेल टेलिभिजनमा प्रसारण गर्नुपर्ने दबाब अस्तित्वको विषय बनेको छ। टोकियो ओलम्पिक कमिटीले आफ्नो बजेटको ७५ प्रतिशत लागत ओलम्पिक टेलिभिजन अधिकार प्राप्त गर्न खर्च गर्नुपर्नेछ। समाचार एजेन्सी एपीका अनुसार ओलम्पिक फेरि स्थगित भयो भने आईओसीले तीन अर्बदेखि चार अर्ब डलर गुमाउने छ।

ओलम्पिक इतिहासमा यस्ता धेरै उदाहरण छन्। सन् २०१६ मा रियोमा सम्पन्न पछिल्लो ओलम्पिकको रूपमा मैले नवनिर्मित स्टेडियमहरूको छायामा समुदायहरू नष्ट भएको देखेँ। तर, खोप नलगाएको मुलुकमा विश्वव्यापी ओलम्पिक सम्पन्न गराएर अर्बौँ डलर लागत परिपूर्ति गर्ने उद्देश्य राख्नु भनेको निर्लज्जता हुनेछ। आईओसीले विदेशी दर्शकहरूलाई पहिले नै प्रतिबन्ध लगाएको छ। आयोजक मुलुकका दर्शकलाई खेलमा सहभागी हुन दिने–नदिने भन्नेबारे २० जुनसम्ममा निर्णय आउने छ। घरेलु दर्शकलाई पनि प्रतिबन्ध लगाइने सम्भावना छ।

त्यसै पनि बिनादर्शक आयोजना गरिने ओलम्पिकले खेलको खास रोमाञ्चकतालाई टाढा राख्नेछ। यदि दर्शकका लागि ओलम्पिक सुरक्षित छैन भने खेलाडी, प्रशिक्षक, उदघोषक, क्यामेराम्यान र कर्मचारीको हकमा चाहीँ सुरक्षित हुन्छ त ? हामी अझै दुई सय मुलुक र क्षेत्रका लाखौँ मानिसका साथै केही न्यून खोप अभियान सञ्चालन भएका मुलुकबाट आउने मानिसबारेमा कुरा गरिरहेका छौँ।

जापान सरकारका स्वास्थ्य सल्लाहकार डा. सिगेरु ओमीले संसदमा भनेका छन्, ‘महामारीबीचमा ओलम्पिक खेलहरू रोक्नु असामान्य अवस्था हो। यदि मुलुक अझै पनि आपतकालीन अवस्था रहेमा खेल रद्द गर्नुपर्छ।’ डा. ओमीको अभिव्यक्तिले प्रधानमन्त्री योसिहिदे सुगालाई अडान लिन दबाबमा पारेको छ। तर, सुगाले आईओसीसँग सबै खेल रद्द गर्ने वा सञ्चालन गर्ने अधिकार छ भन्दै सबै आरोपलाई पन्छयाउँदै बारम्बार एउटै वाक्य दोहोर्या‍इरहेका छन्।

आईओसीको पहिलेबाटै रहेको रवैयाअनुसार पक्कै पनि यो अहंकारी छ। आईओसीका वरिष्ठ सदस्य डिक पाउन्डले गत साता यो खेल रोक्न ‘अन्तिम महायुद्ध’ हुनुपर्ने बताएका छन्। खेलहरू अघि अन्तिम महायुद्ध नहुन सक्छ। तर, यदि तिनीहरू यही गतिमा अगाडि बढे भने मुलुक अन्तिम महायुद्धको स्थितिमा पुग्नेछ।

(डेभ जिरिन द नेसनलका खेल सम्पादक हुन्।)

-द नेसनलबाट
 

 Published Date: Wednesday, 16th June 2021 6:10:00 am