ममतासामु बंगाललाई बदल्ने अवसर!

भारत पश्चिम बंगाल राज्यका बासिन्दाका लागि यस वर्षका मार्च, अप्रिल र मे महिना कठिन र तनावपूर्ण रहे। हामी अझै पनि महामारी र चक्रवात ‘यास’ अनि त्यसका कारण भएको क्षतिबाट बाहिर निस्कन वा सामान्य अवस्थामा फर्किन सकेका छैनौँ। तर, पछिल्ला तीन महिना चिन्ता र अग्रिम भयबाट घेरियौँ।

गत मार्चमा कोभिड–१९ निर्मुल नभएको संकेतसहित भारतका उत्तर र पश्चिमबाट खतराको घण्टी बज्न थालेको थियो। यही समयमा लाखौँ मानिसलाई कुम्भ मेलामा सहभागी हुन भेला हुन प्रोत्साहित गरियो। अप्रिलको सुरुमै पश्चिम बंगाल चक्रीय तर सानोस्तरको गृहयुद्धजस्तै विधानसभा चुनावमा होमियो। सँगै कोभिड–१९को तान्डव दिल्ली र उत्तर प्रदेशमा सुरु भइसकेको थियो।

यदि महामारीले पश्चिम बंगाललाई नष्ट नगरे, हिन्दुत्वको महामारी वा ठीकविपरीत अवस्थाले राज्यलाई नष्ट पार्ने चिन्ताले हामीलाई सतायो, जसले यस भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को शासनलाई स्वतन्त्र भारतमा भएको सबैभन्दा खराब विपत्तिका रूपमा देख्यौँ हामीले। चुनावलगत्तै कोरोना संक्रमण दरमा उच्च वृद्धि भयो। अनि, चक्रवात ‘यास’को ताण्डवले गत वर्ष आएको चक्रवात ‘अम्फान’को सम्झना गरायो।

कोरोनाको दोस्रो लहरले पश्चिम बंगालमा कति नराम्रो असर पा¥यो भन्ने अझै स्पष्ट छैन। तर, हामीले अहिलेसम्म दिल्ली, लखनऊ, कानपुर, अहमदाबाद र बैङ्लोरको अवस्थालाई बेवास्ता गरेजस्तो देखिन्छ। महामारीबाट पीडित तर पनि राम्रो व्यवस्थापन गरेको मुम्बई र महाराष्ट्रको अवस्थाको बारेमा स्पष्ट बताइएको छैन। हामीमध्ये जो तृणमुल कंग्रेसको विशाल चुनावी जितपछि शत्रुता अन्त्य हुने कुरामा आशावादी छौँ, भाजपा र आरएसएसको निरन्तरको छलकपट र शक्तिको स्पष्ट दुरुपयोगका कारण निराश हुनेछौँ।

केही साताअघि पंक्तिकारले दिल्लीबाट शासन गर्नेहरूको सबैभन्दा बलियो साम्राज्यवादी ‘डिजाइन’लाई बंगालसँग भएको गुरुत्त्वाकर्षण शक्तिले भत्काउन सक्ने तर्क गरेको थियो। यदि यो धारणालाई अज्ञात चुनावी परिणामअघि सावधानीपूर्वक गरिएको अवलोकन गरिएको भए सायद अब यही धारणालाई अझ बढी सकारात्मक कोणबाट सामुन्ने ल्याउँदा हतारो नहोला।

देशमा एक नयाँ राजनीतिको सख्त जरुरी छ। देशको अति विपन्न वर्ग वास्तविक, पारदर्शी र निडर लोकतन्त्रको अभ्यासबाट वञ्चित छ। ‘लुटियन्सको दिल्लीमाथि धावा बोल्ने सरकार’ (भाजपा सरकार)ले आफूलाई यी विचारको कट्टर विराधी बनाएको छ। एक भयानक चुनावी लडाईंबाट भरखरै खडा भएर उभिएपछि ममता बनर्जी र तृणमुल कंग्रेससँग अब उदाहरणीय नेतृत्व र परिवर्तनकारी राजनीतिलाई गति दिने सुनौलो अवसर प्राप्त भएको छ। त्यसका लागि पहिले पश्चिम बंगालमा उदाहरणीय बन्नुपर्छ, त्यसपछि राष्ट्रिय स्तरमा।

यो भनेको वास्तविक अर्थमा के हो ? भारतीय राजनीतिज्ञहरूले ‘आत्मनिरीक्षण’ शब्दलाई दशकौँदेखि दुरुपयोग गर्दै आएका छन्। अहिले ममता बनर्जी र उनको पार्टी हाइकमान्डलाई नम्र, सत्यवादी, विनाअवरोध आत्म–परीक्षामा सामेल हुने समय अहिले आएको छ।

तृणमुल कंग्रेसले विगतका गल्ती र गलत कदम दोहोर्या‍उँदैन भन्ने सुनिश्चित गर्नु जरुरी छ। जसले विगत १० वर्षमा सबैभन्दा खराब नीति र प्रवृत्तिहरू नागरिकसामु प्रस्तुत गरेको छ। ममता बनर्जीले आफ्नो शासन पद्धति तथा नरेन्द्र मोदी र अमित शाहले चलाउने शासनबीचमा स्पष्ट र बुझिने गरी भिन्नता छ भन्ने तथ्य स्थापित गर्नुपर्ने चुनौति छ।

त्यसका लागि उनले भाइ–भतिजावादजस्तो देखिने हरेक विषयलाई टाढा हुत्याउन सक्नुपर्छ। नरेन्द्र मोदीको ‘वान म्यान सो’ र व्यक्तिवादी शासनले देशलाई निरन्तर अधोगतिमा धकेलिरहेको छ। तसर्थ, ममताले गुटबन्दीको भावनामा होइन, व्यापकतामा आधारित नेतृत्वको ‘मोडल’लाई प्रोत्साहन दिनुपर्छ। उनले युवा नेताहरूलाई (जो नजिकका नातेदारहरू होइनन्) आफैँलाई प्रमाणित गर्न र राजनीतिमा अघि बढ्न अवसर दिनुपर्छ।

यदि भाजपा–आरएसएसले भ्रष्टाचारलाई एक क्षेत्रबाट अर्को आयाममा लगे भने तृणमुल कंग्रेसले आफ्नो दोस्रो र तेस्रो तहका नेताहरूको धूर्ततामाथि चढाइ गर्नु आवश्यक छ।

तृणमुल कंग्रेसको नियमलाई एक दुर्भाग्यपूर्ण सत्ता फेरबदलद्वारा ‘मार्क’ गरिएको छ। जहाँ यो अधिक साहसी देखिनुपथ्र्यो, त्यहाँ यो प्रायः काँतर, जोखिम उठाउन नसक्ने र कामचलाउ भूमिकामा देखियो। तर, जहाँ सावधानीपूर्वक कदम उठाउनुपथ्र्यो, त्यहाँ हतार गर्दै जोखियो उठायो।

उदाहरणका लागि राज्यमा सबै विपक्षीलाई निर्ममतापूर्वक जरैदेखि उखेलेर फाल्न खोज्ने भयानक जडता प्रस्तुत ग¥यो, तृणमुल कंग्रेसले। त्यसबाट जडहीन भाजपा–आरएसएस विधानसभामा एक मात्र विपक्षी भूमिकामा देखिए। यस्तै, पार्टीका सबै आलोचकमाथि आक्रमण, जादवपुर विश्वविद्यालयलाई बदनाम र कमजोर बनाउने, आफ्ना समर्थक ठगहरूलाई स्वतन्त्रता दिनेजस्ता गलत कदम तृणमुले उठायो। र, ती कदम रणनीतिक हिसाबले मूर्खतापूर्ण थिए। त्यसैले, अब ममता र तृणमुल कंग्रेसले नयाँ पश्चिम बंगालको कल्पना गर्न सक्नुपर्छ। र, त्यसलाई साकार बनाउन रूपान्तरणको दिशा पक्रिनुपर्छ।

राज्य सरकारले ठेला गाडामा व्यापार गर्ने, खाद्यान्न पसले र यौनकर्मीलगायत सडकमा काम गर्नेहरूलाई प्राथमिकताका साथ खोप दिँदै गरेको देख्दा खुशी लाग्छ। यो संवेदनशील कार्य हो तर यसले सामान्य ज्ञान पनि दर्शाउँछ, जो अहिलेको भारतका राजनेताहरूमा विरलै पाइन्छ।

यस्तै तर्कसंगत, सकारात्मक र फरक किसिमका निर्णय सरकारको विभिन्न क्षेत्रमा लिनु आवश्यक छ। कोभिड–१९ ले मुलुकभरको अर्थतन्त्रलाई असर पु¥याएको छ तर विशेषगरी यदि पुनप्र्राप्तीको धारणलाई ‘विकास’ र गैरव्यावसायिक औद्योगीकरणको अस्थिर कल्पनाबाट हटाइयो भने सायद यो अवस्थाबाट मुक्त हुने राम्रो स्थान भनेको पश्चिम बंगाल हुनसक्छ।

‘पाँच ट्रिलियन डलरको अर्थव्यवस्था’ को विषयमा बोल्ने अश्लीलता वा सय रोबोटयुक्त ‘स्मार्ट सहरहरू’ बनाउने मुर्खतापूर्ण योजना वा सायद यहाँबाटै भारतले दक्षिण कोरिया वा सिंगापुरमा परिवर्तनपछि भएका अभिलाषाका जोखिमलाई पहिचान गरेको छ। हामीलाई दिगो अर्थव्यवस्थाको फरक ‘मोडल’ वा स्थानीय अर्थव्यवस्थाको सञ्जाल आवश्यक छ, जो हाम्रो कमजोर वातावरणमा लागत कम गर्न प्रयास गर्दा एकअर्काको परिपुरक हुनसक्छ।

अर्थव्यवस्थाको यो सञ्जाललाई प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रता, उचित शिक्षा र सार्वजनिक स्वास्थ्य, तथा सामाजिक, आर्थिक र वातावरणीय न्यायको वरिपरि निर्माण गर्नु आवश्यक छ। यसका लागि धेरै पुराना परिभाषालाई नयाँ परिभाषाले प्रतिस्थापना गर्नुपर्छ। हामीले संस्कृतिको अर्थ के हो भनेर पुनः कल्पना गर्न आवश्यक छ, सहर र ग्रामीण क्षेत्रबीचको सम्बन्ध सुधार गर्नुपर्छ। र, फरक आर्थिक वर्गहरू बीचका प्राथमिकतामाथि समीक्षा गर्नुपर्छ।

यो एक कार्य सम्पादन हो र यो आगामी तीन वर्षभित्र लोकसभा चुनाव नभएसम्म वा पाँच वर्षमा अर्को विधानसभा चुनाव नहुँदासम्म पूर्ण हुन सक्दैन। तर, ममता र उनका सल्लाहकारहरूका लागि यो जनादेश हो र समय पनि पर्याप्त छ। यदि उनीहरूले यस नयाँ बंगाललाई पूरा गतिमा अघि बढाउन छनोट गरे भने यो उनीहरूका लागि एक सुनौलो अवसर हो।

(द टेलिग्राफबाट)
 

 Published Date: Tuesday, 15th June 2021 6:11:00 am