Kathmandu Press

युरोकपमा चेक रिपब्लिक विजयी

युरोकपमा चेक रिपब्लिक विजयी
Hardik ivfHardik ivf

काठमाडौं, जेठ ३१ : युरोकप फुटबलमा चेक रिपब्लिक विजयी भएको छ ।

सामेबार साँझ ग्लास्गोस्थित हाम्पडेन पार्क रंगशालमा भएको खेलमा घरेलु टोली स्टकल्यानडलाई २–० ले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । चेकको जितमा दुवै गोल प्याट्रिक सिकले गरे । उनले दुवै हाफमा समान १ गोल गरेका थिए ।

४२औं मिनेटमा हेडिङ गोल गर्दै सिकले चेकलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै ५२औं मिनेटमा सिकले नै गोल गर्दै चेकको अग्रता दोब्बर बनाए । उनले स्कटल्यान्डका गोलकिपर अघि बढेको अवस्थामा गोल गरेका थिए । खेलमा अधिकांश समय चेकलाई दबाबमा राखेपनि स्कटल्यान्डले गोल गर्न भने सकेन ।

उसको केही उत्कृष्ट प्रहार चेकका किपरले उत्कृष्ट बचाउ गरे भने एउटा प्रहार क्रासबार लागेर फर्किएको थियो। खेलमा ५८ प्रतिशत बल पोजेसन बनएको स्कटल्यान्डले चेकको पोस्टमा १९ सट प्रहार गरेको थियो । जसमध्ये ४ सट फ्रेममा थियो ।

यता, चेकले १० प्रहार गर्दा ७ सट फ्रेममा थियो । जितसँगै चेक रिपब्लिक समूह डीको शीर्ष स्थानमा उक्लिएको छ। तीन अंक नै जोडेको इंग्ल्यान्ड गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ।

प्रकाशित मिति: २१:०६ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्