उपत्यकामा थपिए ६०७ जना कोरोना संक्रमित
काठमाडौं, जेठ ३१ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जसमध्ये काठमाडौँमा ३ सय ९६, भक्तपुरमा...
काठमाडौं, जेठ ३१ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमध्ये काठमाडौँमा ३ सय ९६, भक्तपुरमा ६६ र ललितपुरमा १ सय ४५ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोही अवधिमा देशभर कुल १४ हजार ८ सय १९ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमणमुक्त हुनेको संख्या ५ हजार १ सय ४७ रहेको छ। कोरोना भाइरसको संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १७:२९ बजे, सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(7)-1754027599.jpg)