थपिए २९१८ संक्रमित, निको हुने ५१४७ जना, ५३ को मृत्यु
काठमाडौं उपत्यकामा मात्रै ६०७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ३९६, भक्तपुरमा ६६ र ललितपुरमा १४५ जना रहेका छन्।
काठमाडौं, जेठ ३१ : पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ।
देशभर कुल १४ हजार ८ सय १९ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ हजार १ सय ४७ रहेको छ।
त्यसैगरी काठमाडौं उपत्यकामा मात्रै ६०७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ३९६, भक्तपुरमा ६६ र ललितपुरमा १४५ जना रहेका छन्।
प्रकाशित मिति: १६:४८ बजे, सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(2)-1753530264.png)