Kathmandu Press

नेता खनालको स्वास्थ्य अवस्था सुधार हुँदै

नेता खनालको स्वास्थ्य अवस्था सुधार हुँदै

काठमाडौं, जेठ ३१ : स्वास्थ्यमा समस्या देखिएपछि आज (सोमबार) विहान नर्भिक अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको अवस्था सामान्य रहेको छ ।

अस्पतालको सञ्चार तथा जनसम्पर्क विभागले दिएको जानकारी अनुसार उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको छ। अक्सिजनको सपोर्टमा उनको उपचार भइरहेको छ।

Hardik ivf

रिपोर्टले रगतमा हेमोग्लोबिनको कमी देखाएको जनाइएको छ। देखिएको लक्षणअनुसार खनालमा पोस्ट कोभिडपछिको समस्या हुन सक्ने अनुमान गरिएको छ।

नौ दिनदेयता ज्वरो आउने र थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या झेल्दै आएका खनाललाई गत वैशाख १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यतिबेला नर्भिकमै भर्ना भएर उपचार ग।ाई वैशाख २८ गते निको भएर घर गएका थिए।

प्रकाशित मिति: १६:०४ बजे, सोमबार, जेठ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्