Kathmandu Press

युरोकपमा आज तीन खेल : स्वीडेनसँग स्पेनको परीक्षा

आज हुने तीन खेलमा स्कटल्यान्ड र चेक रिपब्लिक, पोल्यान्ड र स्लोभाकिया तथा स्पेन र स्वीडेन भिड्ने छन्। यी तीन खेलमध्ये सेभियामा हुने स्पेन र स्वीडेनबीचको खेल बढी प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपक्षा गर्न सकिन्छ।
युरोकपमा आज तीन खेल : स्वीडेनसँग स्पेनको परीक्षा
Hardik ivfHardik ivf

काठमाडौं, जेठ ३१ : युरोकप फुटबल प्रतियोगितामा आज तीन खेल हुँदै छ । गत शुक्रबारबाट युरोपका विभिन्न ११ सहरमा सुरु भएको युरोकपमा आज समूह डी र इका खेल हुने छन्।

आज हुने तीन खेलमा स्कटल्यान्ड र चेक रिपब्लिक, पोल्यान्ड र स्लोभाकिया तथा स्पेन र स्वीडेन भिड्ने छन्। यी तीन खेलमध्ये सेभियामा हुने स्पेन र स्वीडेनबीचको खेल बढी प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपक्षा गर्न सकिन्छ।

स्कटल्यान्ड भर्सेस चेक रिपब्लिक

सोमबार हुने पहिलो खेलमा स्कटल्यान्ड र चेक रिपक्लिब भिड्ने छन् । यो खेल स्कटल्यन्डको ग्लास्गोमा साँझ ६ः४५बजे सुरु हुने छ। चेक रिपब्लिक सन् १९९६ यता युरोकपमा नियमित सहभागी हुँदै आएकाे छ भने स्कटल्यान्ड सन् १९९६ यता पहिलो पटक युरोकप खेल्दै छ।

समान स्तरका टिम रहेकाले यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ । तर, युरोकपको प्रदर्शनका आधारमा हेर्ने हो भने चेक बलियो देखिन्छ । लगातार ६ युरोकप खेलिरहेको चेक रिपब्लिक युरोकपको फाइनलसम्म पुगेको टिम हो। सन् १९९६मा पहिलो सहभागितामै फाइनलसम्मको यात्रा तय गरेको चेक रिपब्लिक जमनीसँग २–१ले पराजित भएपछि उपविजेतामै सीमित भएको थियो।

त्यसपछि पनि चेक रिपब्लिकले सन् २००८मा सेमिफाइनल र सन् २०१२ क्वार्टरफाइनलको यात्रा तय गरेको छ। सन् २०१६मा भने ऊ समूह चरणमै रोकिएको थियो। चेकले युरोकपमा कुल ३३ खेल खेलेको छ, जसमा १३ जित, ७ बराबरी र १३ हार भाेगेको छ।

यता, सन् १९९२ र ९६ मा लगातार दुई पटक युरोकप खेलेको स्कटल्यान्ड त्यसयता छनोट चरणमै रोकियो । यो पटक ऊ प्लेअफको माध्यमाबाट युरोकपमा आएको हो। ती दुवै संस्करणमा उ समूह चरणमै रोकिएको थियो । दुई संस्करणमा ६ खेल खेलेको स्कटल्यान्डले २ जित मात्र निकालेको छ। ती दुई जित भने ठूला टिमविरुद्ध छ। उसले सन् १९९२मा नेदरल्यान्ड्स र सन् १९९६ मा इंग्ल्यान्डलाई हराएको थियो।

युरोकपमा राम्रो प्रदर्शन गर्न नसकेपनि घरेलु मैदानमा चेक रिपलब्लिकको सामाना गर्दा स्कटल्यान्ड उत्साहित हुने छ। त्यो किनभने चेक रिपब्लिकसँगका पछिल्ला तीन भीडन्तमा स्कटल्यान्ड विजयी भएको छ।


पोल्यान्ड भर्सेस स्लोभाकिया

सोमबार हुने पोल्यान्ड र स्लोभाकियाविरुद्धको दोस्रो खेल रुसको सेन्ट पिटर्सबर्गमा हुने छ। खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने छ।

तथ्यांकलाई आधार मान्ने हो भने स्लोभाकियाभन्दा पोल्यान्ड बलियो छ। तर, पछिल्लो समय पोल्यान्डले लय गुमाएकाले पोल्यान्डलाई स्लोकाकियालाई हराउन त्यति सहज भने हुने नै छैन । पोल्यान्डका प्रशिक्षक पाउलो सौसाले पनि स्लोभाकिया बलियो प्रतिस्पर्धी नभएपनि टिमको पछिल्लो फर्मले आफू दबाब रहेको बताएका छन्।

स्लोभाकियासँग खेल्दा पोल्यान्डको भर कप्तान रोबर्ट लेवान्डोस्कीमै रहने छ। पोल्यान्डको टिम फर्म नरहे पनि लेवान्डोस्की भने गज्जबको फर्ममा छन्। र, उनी पोल्यान्डको ‘अलटाइम’ टप स्कोरर पनि हुन्।

विश्वकपमा दुई पटक सेमिफाइनलसम्म पुगेको पोल्यान्डले युरोकपमा भने राम्रो प्रदर्शन गर्न सकेको छैन। उसलाई युरोकपमा छनोट चरण पार गर्नै मुस्किल पर्ने गरेको छ। यो पोल्यान्डको युरोकपमा चौथो सहभागीता हो।

सन् २००८मा पोल्यान्डले पहिलो पटक युरोकप खेलेको थियो । त्यसयता उसले लागतार युरोकप खेलेको छ। सन् २००८ र १२ मा समूह चरणमै रोकिएको पोल्यान्ड सन् २०१६मा भने क्वार्टरफाइनलसम्म पुगेको थियो, त्यो उसको सबैभन्दा ठूलो उपलब्धि हो।

क्वार्टरफाइनलमा उ पोर्चुगलसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। पोल्यान्डले तीन युरोकपमा कुल ११ खेल खेलेको छ, जसमा २ जित, ६ बराबरी र ३ हारको सामना गरेको छ।

यता, स्लोभाकियाको भने यो युरोकपको दोस्रो सहभगीता हो। उसले सन् २०१६मा पहिलो पटक युरोकप खेलेको थियो, त्योबेला उ समूह चरणमै रोकिएको थियो। उसले ४ खेलमा १ जित, १ बराबरी र २ हारको सामाना गरेको छ।

पोल्यान्डविरुद्ध मैदान उत्रँदा स्लोभाकियाका मुख्य हुनेछन्, मिलान स्क्रिनियार र मारेक हामसेक हुनेछन्।

स्पेन भर्सेस स्वीडेन

सोमबार नै तेस्रो खेलमा तीन पटकको च्याम्पियन स्पेन र स्वीडेन भिड्ने छन्। समूह इको यो खेल राति १२ः४५बजे सेभियामा हुने छ।

स्पेन युरोकपको दाबेदार टिम मध्ये एक हो छ । ऊ २००८ देखि २०१२सम्म विश्वफुटबलको महाशक्ति कै रुपमा रह्यो, तर त्यसपछि भने स्पनेको टिम त्यस्तो छैन । अहिले स्पेनको टिममा नयाँ अनुहारको बाहुल्यता छ। लुइस एनरिकेको प्रशिक्षणमा रहेको स्पेन दशकअहिकै जस्तो बन्ने दाउमा छ, तर पछिल्ला केही वर्षयताको हेर्दा स्पेनका त्यो त्यति सहज भने देखिँदैन।

प्रशिक्षक एनरिके टिम छनोटलाई लिएर पनि विवादमा छन्। उनले स्पेनको त्यो सुनौलो पुस्ताका एक सदस्य कप्तान सर्जियो रामोसलाई टिमबाहिर राखे भने नाचो फर्नान्डेस, पाको अल्कासारलगयात केही फर्ममा रहेका खेलाडीलाई पनि टिममा लिएनन् ।

तर पनि स्पेनको टिममा जोरार्ड मोरेनो र फेरान टोरेसजस्ता उत्कृष्ट खेलाडी भने छन्। सँगै भर्खरै स्पनेको नागरिक बनेका अमेरिक लापोर्टको साथ पनि उसलाई छ।

स्पनेले सन् १९६४, २००८ र २०१२ मा युरोकप उपाधि जितेको छ। अघिल्लो संस्करणमा भने स्पेन समूह चरणमै रोकिएको थियो । उसले ४० खेलमा १९ जित, ११ बराबरी र १० हाको सामना गरेको छ।

स्पेनमा रामोस जस्तै स्वीडेनको टिमले पनि ज्लाटन इब्राहिमोभिचलाई मिस गर्ने छ। ५ वर्षपछि सन्न्यास फिर्ता लिँदै राष्ट्रिय टिममा फर्किएका घुँडाको चोटका कारण स्वीडेनको युरोकप टिममा छैनन्। तर, उनको अनुपस्थितिमा पनि युक्रेनको टिममा डेजन कुलुसेस्की, एलेक्जान्डर इसाक र जोर्डन लारासनजस्ता युवा प्रतिभा छन्।

सन् २००० पछि स्वीडेनले नियमित रुपमा युरोकप खेलिरहेको छ। पहिलो सहभागीतामै सेमिफाइनलसम्म पुग्नु उसको उत्कृष्ट प्रशर्दन हो। सन् २०९२ मा उसले सेमिफाइनलको यात्रा तय गरेको थियो । सेमिफाइनलमा उ जर्मनीसँग ३–२ले पराजित भएको थियो।

त्यसपछि सन् २००८मा क्वार्टरफाइनल पुगेको स्वीडेन अन्य संस्करणमा भने समूह चरणमै अड्एिको छ। युरोकपमा २० खेलेको स्वीडेनले ५ जित, ६ बराबरी र ९ हारको सामाना गरेको छ।

 

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्