Kathmandu Press

कोरोना नियन्त्रणमा ध्यान दिन नेत्री कोइरालाको आग्रह

काठमाडौं,जेठ ३१ : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छन्। गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतबार...
कोरोना नियन्त्रणमा ध्यान दिन नेत्री कोइरालाको आग्रह

काठमाडौं,जेठ ३१ : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छन्। 

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको सङ्कट, रोकथामका उपाय र जीवनरक्षाका लागि हाम्रो जिम्मेवारी के हो ?’ विषयक भर्चुअल अन्तरक्रियामा उनले कोरोना नियन्त्रणका लागि सरकारले खोप खरीदलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन्। ‘अनुदानमा ल्याएर मात्र कोरोना खोप सबै जनतासामु पुग्न सक्दैन। सरकारले कोरोना भ्याक्सिन खरिदलाई प्राथमिकता दिनुपर्छ,’ उनले भनिन्। 

Hardik ivf

फाउण्डेशनकी केन्द्रीय अध्यक्षसमेत रहेकी नेत्री कोइरालाले कोरोना महामारीका कारण दैनिक लाखौँ श्रमिक रोजगारविहीन भएको उल्लेख गर्दै यस्ता जनतालाई सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले सबै मिलेर कोरोना सङ्क्रमण नियन्त्रणमा लाग्नुपर्ने बताइन्। 

फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेशनले समसाययिक घटनाक्रमका बारेमा निरन्तर बहस गर्दै आइरहेको बताए। गत वर्षको कोरोना सङ्क्रमणपछि फाउण्डेशनले हालसम्म विभिन्न विषयमा ३७औँ पटक बहस गरिसकेको अध्यक्ष घिमिरेको भनाइ छ। 

फाउण्डेशन अमेरिका शाखाका प्रवक्ता रामचन्द्र अधिकारीले कोरोनाबाट पीडित व्यक्तिलाई अमेरिका शाखाले शुरुआती दिनदेखि नै सहयोग गर्दै आएको बताए।

प्रकाशित मिति: १४:१९ बजे, सोमबार, जेठ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्