Kathmandu Press

कोरोना संक्रमण देखिएपछि कान्सेलोले गुमाए युरोकप

काठमाडौं, जेठ ३० : पोर्चुगिज राइट ब्याक जोआ कान्सेलो युरोकप गुमाएका छन् । कोरोना संक्रमण देखिएपछि म्यान्चेस्टर सिटीका डिफेन्डर कान्सेलो युरोकप गुमाएका हुन्।पोर्चुगिज...
कोरोना संक्रमण देखिएपछि कान्सेलोले गुमाए युरोकप
Hardik ivf

काठमाडौं, जेठ ३० : पोर्चुगिज राइट ब्याक जोआ कान्सेलो युरोकप गुमाएका छन् । कोरोना संक्रमण देखिएपछि म्यान्चेस्टर सिटीका डिफेन्डर कान्सेलो युरोकप गुमाएका हुन्।

पोर्चुगिज फुटबल संघले कान्सोलोलाई कोरोन संक्रमण भएको पुष्टी गर्दै उनले युरोकप गुमाउने उल्लेख गरेको छ। यसैबीच कान्सेलो टिमबाट बाहिरिएपछि पोर्चुगलले उनको स्थानमा म्यान्चेस्टर युनाइटेडका डिफेन्डर डिएगो डालोटलाई टिममा बोलाएको छ।

२२ वर्षीय डालोटले यो सिजन लोनमा एसी मिलानबाट खेलेका थिए। युरोकपको उपाधि रक्षाको अभियानमा रहेको पोर्चुगल सबैभन्दा कठीन समूह एफमा छ । यो समूहमा विश्वविजेता फ्रान्स, जर्मनी र हंगेरी छन्। पोर्चुगलले पहिलो खेल मंगलबार हंगेरीसँग खेल्दैछ।

प्रकाशित मिति: १८:५३ बजे, आइतबार, जेठ ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्